जेसिआइ सुद्धोधन ले सम्पन्न गर्यो Empowering Youth तालिम कार्यक्रम ।

2024-09-17

जेसिआइ सुद्धोधन ले सम्पन्न गर्यो Empowering Youth  तालिम कार्यक्रम ।

मिति 2081-06-01 (17th September 2024) का दिन, नेपाल जेसिजको 60औं  स्थापना दिवसको अवसर पारी तय गरिएको empowering youth  तालिम आफ्नो साखाका सदस्य पदाधिकारीहरु एबम युवाहरुलाइ  प्रदान गरेको छ। ड्रीम भिजनको म्युजिक हलमा ३५ जनाको उपस्थितिमा सम्पन्न भएको  कार्यक्रममा नेपाल जेसीज बर्ष 2024 का chief advisor to BOD JC चुडामणि डुम्रेले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गर्नु भएको थियो। प्रशिक्षणको क्रममा सहभागीलाई विभिन्न  अभ्यासमा रहेर workshop साथै  interaction समेत गराइएको थियो । 

 कार्यक्रमको अध्यक्षता गरेकी जेसी रुपा पराजुलीले कार्यक्रमका प्रशिक्षक एवम  सहभागीहरुको गरिमामय उपस्थिति प्रती आभार एवम कृतज्ञता प्रकट गर्नु भएको थियो। कार्यक्रमको सम्योजन, JCI Suddodhan बर्ष 2024 का कार्यकारिणी उपाध्यक्ष जेसी सन्दिप बोहोराले गर्नु भएको थियो।

JCI News Archive