दाङ महिला जेसिजको आयोजनामा मिति २०७९/५/१०गते शुक्रबारका दिन शाखा अध्यक्ष जेसि शारदा घर्ती ज्युको अध्यक्षतामा बङ्गलाचुलि -३ मुलाबारीमा स्थित माध्यमिक विद्यालय भेडाबारी मुलावारीका प्रधानाध्यापक श्री खगराज लम्साल ज्युको प्रमुख आतिथ्यतामा माध्यमिक विद्यालय भेडाबारी,मुलावारीमा 'बाल विवाह न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम'सम्पन्न गरियो। उक्त कार्यक्रमको प्रमुख प्रशिक्षक अधिवक्ता श्री गोमा महरा रहनुभएको थियो भने सहायक प्रशिक्षक जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरीक्षक दीपक थापा हुनुहुन्थ्यो। कार्यक्रमका संयोजक सहसचिव जेसी सङ्गीता रोकायले स्वागत मन्तव्य दिनुभएको थियो भने आस्था पाठ कानुनी सल्लाहकार जेसि अनिता ढकाल ले गर्नुभएको थियो।
उक्त स्थानमा बाल विवाह एक समस्या रुपमा रहेको हुँदा सो न्युनिकरण का लागि दाङ को विकट पहाडी भेगमा कार्यक्रम गरिएको थियो।
विद्यालयका १२० जना विद्यार्थी हरुलाई सचेतना दिइएको कार्यक्रम को सहजिकरण महासचिव जेसी नारायणी भण्डारीले गर्नु भएको थियो।