न्यानो कपडा वितरण कार्यक्रम - JCI VYASNAGAR -2023

2023-02-08

"प्रेरित हुनु महान छ, प्रेरणा अविश्वसनीय छ "-भन्ने प्रकरण तथा मानबताको सेवा नै जिबन को सर्बोत्तम कार्य हो भन्ने जेसिज आस्थालाई आत्मसाथ गर्दै ३०१ औ पृथ्वी जयन्ती एव राष्ट्रिय एकता दिवस पारी हाल बढि रहेको चिसो तथा आवश्यकता प्राप्त निवेदनलाई अनुसरण गर्दै व्यास १ तालघरे स्थित थानी बाल बिकास केन्द्र द्वारा सन्चालित उक्त बाल बिकास केन्द्रमा न्युन आर्थिक अबस्थामा रहेका १७ जना बालबालिकाहरुलाई न्यानो कपडा (ज्याकेट, सुरुवाल र टोपी) बाड्ने कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रमको अध्यक्ष्यता यस सन्स्थाका अध्यक्ष्य जेसि राजु रानाज्युले गर्नु भएको थियो भने स्वागत मन्तव्य कार्यकारिणी उपाध्यक्ष-२०२३ जेसि युवराज भण्डारी ज्युले राख्नु भएको थियो। थानी बाल बिकास केन्द्रका अध्यक्ष श्री अर्जुन गिरिको प्रमुख आथिथ्यता मा सम्पन्न कार्यक्रममा जेसिआई ब्यासनगर का निबर्तमान अध्यक्ष जेसि कृष्ण सुनार, पुर्ब अध्यक्ष जेसिआई सिनेटर भरत कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो। साथै कार्यक्रम सन्चालन महासचिव जेसि सुनिल श्रेष्ठज्युले गर्नु भएको थियो ।

JCI News Archive