भुवन सापकोटा
भरतपुर
मिति २०८१/१०/१६ गते तदनुसार 29jan 2025 का दिन शारदानगर जेसिज द्वारा आयोजित शहिद दिवसको अवसर मा दिप प्रज्वलन कार्यक्रम भरतपुर १९स्थित बखान चोक शारदानगरमा अध्यक्ष जेसि लक्ष्मी के सि ज्युको अध्यक्षतामा एवम प्रमुख अतिथी सविधानसभा सदस्य माननीय बिष्णु माया परियार ज्युको प्रमुख आतिथ्यता मा सम्पन्न भएको थियो ।विशिस्ट अतिथी ज्युहरुमा नेपालि काग्रेस वागमती प्रदेश कार्य समिती सदस्य इन्दु गुरुङ ज्यु र शारदानगर जेसिजका धरोहर बर्ष २०११का शाखा अध्यक्ष एवम वर्ष २०१६का तालिम आयुक्त र रास्ट्रिय अध्यक्ष प्रमुख सल्लाहकार समाजसेवी आदरणीय व्यक्तित्व सोम प्रसाद भण्डारी ज्युको विशेष आतिथ्यता रहेको थियो ।त्यसैगरी अतिथिज्युहरुमा शारदानगर जेसिजका धरोहर वर्ष २०२०का शाखा अध्यक्ष एवम नेपाल जेसिज वर्ष २०२१का पुर्व रास्ट्रिय उपाध्यक्ष आदरणीय व्यक्तित्व जेसि प्रमिशा काफ्ले ज्यु अतिथि बर्ष २०२३का शाखा अध्यक्ष जेसि लक्ष्मी प्रसाद सापकोटा ज्यु ,अतिथि नेपाली काग्रेस क्षेत्र न ३का क्षेत्रीय सदस्य हरिमाया गुरुङ ज्यु र नेपाली काग्रेसका क्षेत्रीय प्रतिनिधि रमाना थापा मगर ज्यु रहनु भएको थियो ।उक्त कार्यक्रममा शारदानगर जेसिजका बोर्डका पदाधिकारी ज्यु हरु र साधारण सदस्य ज्युहरुको उपस्थितिमा ज्ञात अज्ञात शहिद हरुको सम्झनामा १मिनेट मौनधारण गरि कार्यक्रम भब्य र सब्य रुपमा सु- सम्पन्न भएको थियो ।