पोखरा जेसीजको बर्ष २०२१को शाखा पदाधिकारी तालिम सम्पन्न

2021-01-24

पोखरा जेसीज बर्ष २०२१ को शाखा पदाधिकारी तालिम २२ जनवरी २०२१ का दिन पोखारा १० अमरसिंह चोकस्थित होटल टास्क इन्टरनेशनलमा सम्पन्न भएको छ । शाखाका पदाधिकारिहरुलाइ आफ्नो काम कर्तव्य र अधिकार बारे पुर्ण जिम्मेवार तथा कर्तव्यनिष्ठ बनाउन आयोजना गरिएको उक्त तालिममा प्रक्षिकको रुपमा पोखरा जेसीज बर्ष २००२ का अध्यक्ष निरन्जन श्रेष्ठ र बर्ष २०१२ का अध्यक्ष सन्तोष पोखरेलले सहजिकरण गर्नुभएको थियो । बर्ष २०२१ का पदाधिकारिहरुलाइ आफ्नो पदिय जिम्मेवारी बारे प्रशिक्षित गराइए पश्चात तालिममा सहभागी हरुलाइ पोखरा जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसीजको ४८ औँ राष्ट्रीय महाधिवेशन निर्देशक जेसिआइ सिनेटर नारायण शर्मा, प्रशिक्षक द्वय निरन्जन श्रेष्ठ तथा सन्तोष पोखरेल , बर्ष २०१५ का अध्यक्ष जेसिआइ सिनेटर छवि सुवेदी लागायतले प्रमाण पत्र बितरण गर्नु भएको थियो ।

कार्यक्रममा महाधिबेशन निर्देशक सिनेटर नारायण शर्मा, सिनेटर छवि सुवेदी, अध्यक्ष जेसी ई किरण के.सी. लगायतले बोल्नु भएको थियो । पोखरा जेसीजका तालिम आयुक्त जेसी अनन्त प्रधानाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संयोजक सुर्य बहादुर के.सी., आस्थापाठ उपाध्यक्ष जेसी तिलक प्रसाद लामिछानेले गर्नु भएको थियो भने सन्चालन महासचिव भाइराज रानामगरले गर्नु भएको थियो ।

JCI News Archive