चितवनको रत्ननगर नगरपालिका वार्ड नं १० मा रहेको एकता शिशु निकेतनमा कक्षा ८मा अध्ययनरत वर्ष १४कि छात्रा शालीन पोखरेलको मिति २०८० फाल्गुन १२ गतेका दिन झुन्डिएको अवस्थामा शव भेटिएको घटनाको बारेमा निस्पक्ष र न्यायपुर्ण अनुसन्धान गरि सत्य तथ्य सार्वजनिक गर्न माग गर्दै रत्ननगर जेसिजको अगुवाइमा चितवन ,नवलपुर र तनहुँका १५ वटा शाखाहरु समेतको उपस्थितिमा चितवनका प्रमुख जिल्ला अधिकारी समक्ष मिति २०८० फाल्गुन २० गतेका दिन ज्ञापन पत्र बुझाइयो।सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले छिटो भन्दा छिटो सो घटनाको अनुसन्धान गरि रिपोर्ट सार्वजनिक गर्ने प्रतिवदता वक्त गर्नुभयो।