नवलपुर,फागुन १२ । नवलपुर जेसीजले आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा मध्यविन्दु बहुमुखी क्याम्पस आकाश कार्की प्रथम भएका छन् ।
नवलपुर जेसीजको १३औं स्थापना दिवसको अवसरमा नवलपुर जेसीज बर्ष २०२२ ले आज बिहिबार कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा १३ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।
१०+२ प्लस टु स्तरीय प्रतियोगितामा सहभागीले सीप, सूचना र संस्कार नेतृत्व बिकासको आधार विषयमा आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा विजय सामुदायिक बिकास गैडाकोटका अनुसा अधिकारी द्धितीय, कुमारवर्ती बहुमुखी क्याम्पस कावासोतीका समिर लामिछाने तृतीय र भीमसेन मावि देवचुलीका ओमन बिकले सान्त्वना स्थान प्राप्त गरेका हुन् ।
विजयी प्रतियोगीले क्रमशः दश हजार, सात हजार पाँच सय, पाँच हजार र दुई हजार पाँच सय रुपैंया नगद ट्रफि तथा प्रमाणपत्र प्राप्त गरे ।
नवलपुर जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी राधिका भुसालको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेले पानसमा बत्ती बालेर कार्यक्रमको उद्धघाटन गर्नुभएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले बालबालिकामा रहेका अतिरितm प्रतिभालाई उजागर गर्न सकियो भने मात्र पाठ्यक्रमले निर्धारण गरेका लक्ष्य हासिल गर्न सहज हुने बताउनु भयो । उहाँले विद्यार्थीमा धेरै किसिमका प्रतिभा रहेका हुन्छन् जसलाई प्रस्फुटन गर्ने बातावरण निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्न नसकेको बताउनु भयो ।
वक्तृत्वकलाको निर्णायक मण्डलमा भरत शर्मा पोख्रेल, शिक्षक ईश्वर खनाल, कल्पना भण्डारी कंडेल रहनुभएका थियो ।
कार्यक्रमा कुमारवर्ती वहुमुखी क्याम्पसका प्रमुख गुरुप्रसाद सुवेदीले विद्यार्थीमा लुकेका प्रतिभालाइ उजागर गर्न नवलपुर जेसिजले वक्तृत्वकला प्रतियोगिता राखेर अवसर प्रदान गरेकोमा आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा नवलपुर जेसीजका संस्थापक अध्यक्ष जेसी वैकुण्ठ प्रसाद अर्यालले प्रतियोगितामा मात्र नभइ हरेका कृयाकलापमा आफुलाई सक्षम बनाउनु पर्नै बताउनु भयो । अझै पनि अगाडि आएर वोल्न सक्ने साहस र क्षमतामा कमी रहेको भन्दै सिकाइले नै मानिसमा पुर्णता दिने बताउनु भयो । प्रतियोगिता थोरै मानिसमा हुने भन्दै आफ्नो अधिकार र आफुलाइ परेको समस्या समाधानमा वक्तृत्वकलाले टेवा पुयाउने बताउनु भयो ।
त्यसैगरी नवलपुर जेसीज वर्ष २०२२ की अध्यक्ष जेसी राधिका भुसालले सन् २००९ मा स्थापित नवलपुर जेसीजले विभन्न क्षेत्र अन्तर्गत काम गर्दै आएको स्मरण गदैं सम्पूर्ण संस्थाका पुर्व अध्यक्षहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । वक्तृत्वकला प्रतियोगिताको कार्यक्रम संयोजकको रुपमा नवलपुर जेसीज वर्ष २०२२ का कार्यकारीणी उपाध्यक्ष जेसी अनु सिग्देलले गर्नुभएको थियो ।
कार्यक्रममा मुख्य प्रायोजन सद्भाव इन्टरनेशनल एजुकेशन कावासोती रहेको थियो भने कावासोती इन्स्टिच्युट अफ हस्पिलाटि म्यानेजमेन्ट, विधार्थी पुस्तक भण्डार कावासोती,एनसिसि वैक दलदलेशाखा र विवि एफ सटिड. सुटिड.ले सह प्रायोजन गरेका थिए ।