प्रथम बोर्ड बैठक ।

2022-04-06

मिति २०७८ माघ ०४ गते मंगलबार तद्अनुसार जनवरी १८, २०२२ का दिन लेखनाथ जेसीज वर्ष २०२२ को प्रथम कार्यसमितिको बैठक पोखरा–२९ तालचोक , देउरालिस्वारा स्थित लेखनाथ जेसीजको सचिवालयको सभाहलमा लेखनाथ जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सुजन न्यौपानेज्यूको अध्यक्षतामा लेखनाथ जेसीज वर्ष २०२२ का पदाधिकारीज्यूहरुको उपस्थितीमा सम्पन्न भएको छ । उक्त प्रथम बोर्ड बैठकमा लेखनाथ जेसीजको २२ औँ पदस्थापना कार्यक्रमका कार्यक्रम संयोजक जेसी मनोज बरालले प्रस्तुत गर्नुभएको प्रतिवेदनलाई पारीत गरीएको थियो । कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरुको बिकास क्षेत्र विभाजन गरीएको थियो । वर्ष २०२२ का मनोनित पदहरुको अनुमोदन गरीएको थियो । अध्यक्षको वार्षिक कार्ययोजना २०२२ अनुमोदन गरीएको थियो । बृद्घि सभापतिको वार्षिक कार्ययोजना २०२२ लाई अनुमोदन गरीएको थियो । साथै अभिमुखिकरण कार्यक्रम तथा शाखा पदाधिकारी तालीमको एजेण्डामा कार्यक्रम संयोजक सहित अनुमोदन गरीयो।

JCI News Archive