शैक्षिक सामाग्री प्रदान कार्यक्रम

2024-03-19

 जेसीआई दाङलेडीको प्राथमिक विद्यालय क्वाडी घोराही, १७ दाङका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेकाे छ ।

दाङ महिला जेसीजका कार्यबहाक अध्यक्ष आरधना सिंह ठकुरीकाे अध्यक्षता एवम् हापुरे उद्योग वाणिज्य संघका काेषाध्यक्ष मञ्जु खत्रीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा    बालबालिकाहरूलाई सबै पक्षबाट सहयाेग हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
जेसीजले सधै सामाजिक भावका साथ काम गर्ने कार्यबाहक अध्यक्ष ठकुरी बताउनुभयाे।‘हामीले विभिन्न सामाजिक काम निरन्तररूपमा गरिरहेका छौ उहाँले भन्नुभयाे, ‘जेसीज स्वस्फूर्तरूपमा सामाजिक भाव भएकाहरू आवद्ध हुने संस्था हाे ।’

कार्यक्रममा मातृ शाखा त्रिभुवननगर जेसीजका उपाध्यक्ष मिनेश श्रेष्ठ, प्रेस सेन्टर नेपाल, दाङका अध्यक्ष पाण्डव शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेमन्ता पुन , विद्यालयका प्रधानाध्यापक खड्कबहादुर वली लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियाे ।

सहसचिब जेसी पवित्रा चौधरी को आस्थापाठ को अगुआई बाट र कार्यक्रम संयोजक जेसी लक्ष्मी घमालकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रमको सञ्चालन महासचिव सुनिता अधिकारीले गर्नुभएको थियो । 

JCI News Archive

Whoops, looks like something went wrong.