देवघाट असार ७
अन्तरास्ट्रिय योग दिवसको अवसरमा देवघाटधाममा योग जागरण अभियान तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । देवघाटधाम जेसीज र ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र देवघाटको आयोजनामा आज शुक्रबार योग जागरण अभियान सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र देवघाट-५ देखि टाउनचोक,बासुचोक,गलेश्वर आश्रम,गिरिधारी चोक हुदैँ पुनः प्रशिक्षण केन्द्र सम्म र्याली त्यसलगत्तै ध्यान र योग गरी कार्यक्रम गरि योग दिवस मनाइएको ब्रह्माकुमारी राष्ट्रिय योग सेवा केन्द्र देवघाटका सञ्चालिका तारा गुरूङले बताए । योग र ध्यानले खराब मानिसलाई समेत सहि मार्गतर्फ उन्मुख गर्दछ उनले भने ।
सो कार्यक्रमका प्रमुख अतिथि देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले मानव जीवनका लागि योग र ध्यान अत्यन्तै महत्त्वपूर्ण रहने बताउदैँ सबैलाई दैनिक व्यायाम र ध्यान गर्न अनुरोध गरेका थिए । मानिस आफु निरोगी भएपछि मात्रै अरूका लागि केही गर्न सकिन्छ,आफु उक्त सचेतना कार्यक्रम समारोहमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र आबुखैरेनिका उप-प्रमुख ब्रह्माकुमारी सरस्वतीले मानव भएर जन्मिएपछि तन र मनलाई व्यवस्थापन गरी अगाडि बढ्नुपर्ने बताए । उनले भने "हाम्रो तन र मन नै एक स्थानमा छैन भने विभिन्न समस्या उत्पन्न हुने गर्छ र त्यसले मानव शरिरलाई असर गरिरहेको हुन्छ ।" हरेक बिहान ध्यान र योग गर्न सकियो भने हाम्रो दिनचर्या नै फरक शैलीको हुने ब्रह्माकुमारी सरस्वतीले भने ।
उक्त कार्यक्रममा देवघाट-५ का पूर्व अध्यक्ष याल बहादुर गुरूङ ,सव-डिभिजन वन कार्यालयका प्रमुख कृष्ण प्रसाद भट्ट र देवघाटधाम जेसीजका बोर्डका सदस्यहरू लगाएतको उपस्थिति रहेको थियोे । देवघाटधाम जेसीजका उपाध्यक्ष जेसी स्वस्तिका धितालको संयोजकत्वमा भएको उक्त कार्यक्रममा देवघाटधाम जेसीजका अध्यक्ष जेसी रघु मल्लले स्वागत गरेका थिए । देवघाटधाम जेसीजले हरेक वर्ष योग दिवसको दिन विभिन्न कार्यक्रम आयोजना गरि मनाउँदै आएको छ ।
आज संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रूपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ । शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य इत्यादि ।
यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रूपमा बुझिन्छ । वास्तवमा योगले जीवात्मालाई परमात्मासंग जोड्छ । यस जोड्ने क्रियालाई योग भनिन्छ ।