'सकारात्मक सोच र जिवनशैलीका लागि उत्पेरणात्मक कार्यक्रम'

2022-03-15

आज मिति २०७८/१२/१ गते मंगलबारका दिन दाङ महिला जेसिजको आयोजनामा शाखा अध्यक्ष जेसि शारदा घर्ती ज्युको अध्यक्षता एवम् मार्क इन्टरनेशनल कलेज घोराही दाङका प्रमुख शङ्कर प्रसाद डागि ज्यु को प्रमुख आतिथ्यतामा मार्क इन्टरनेशनल कलेज घोराही दाङमा 'सकारात्मक सोच र जिवनशैलीका लागि उत्पेरणात्मक कार्यक्रम' सम्पन्न गरियो। जसको प्रमुख प्रशिक्षकमा मानव कल्याण समाज(सेवा घर) का केन्द्रिय अध्यक्ष सुमी मानव रहनुभएको थियो।
कार्यक्रम सम्योजक जेसि मेनका भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा जेसिज आस्थापाठको अगुवाई शाखाका उपाध्यक्ष जेसि लक्ष्मि घमालले र मिसन भिजन वाचन प्रकरण निर्देशक जेसि नोमिका चौधरीले गर्नु भएको थियो।
प्रमुख अतिथी ज्युद्वारा ब्यानर वाचन गरेर समुद्घाटन गरिएको उक्त कार्यक्रममा‌ प्रशिक्षक सुमि मानव ज्युले आत्मसम्मान, परोपकार,मानव सेवा मानव धर्म सकारात्मक सोच सकारात्मक चिन्तनका साथ असल जीवनशैलिमा जोड दिनुपर्ने साथै स्वस्थ जीवनशैलीको लागि सकारात्मक सोच अपरिहार्य भएको बताउनुभएको थियो। कार्यक्रममा सहभागि बिबिएस दोस्रो वर्षमा अध्ययनरत १०० भन्दा बढी विद्यार्थीहरुले दैनिक जीवनका लागि आवश्यक पर्ने उर्जाशिल सकारात्मक सोचसम्बन्धि ज्ञान हासिल गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए भने उक्त कार्यक्रमको सहजीकरण महासचिव जेसी नारायणी भण्डारीले गर्नु भएको थियोे।

JCI News Archive