दशैंको शुभकामना आदानप्रदान तथा विपन्न परिवारलाई अति आवश्यक सामग्री वितरण

2020-10-17

दाङ महिला जेसीजको आयोजनामा आज अति विपन्न वमपाल परिवारका सदस्यहरुलाई दैनिक उपभोगका सामग्री तथा कपडा हस्तान्तरण गरियो। साथै दशैंको शुभकामना आदानप्रदान पनि गरियो। दाङ महिला जेसीजका अध्यक्ष जेसी जिबा भुसालको अध्यक्षता एवं जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष श्री भुपाल गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा समाजसेवी तारा पुरी, मातृशाखाका अध्यक्ष जेसी माधव पौडेल, पूर्वअध्यक्ष जेसी डोमा पाण्डे, पूर्व अध्यक्ष जेसी शुशिला पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

जेसी जुनकुमारी बुढाको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी अनिता ढकालले आस्थापाठ गर्नु भएको थियो। उपस्थितिलाई कार्यकारिणी उपाध्यक्ष जेसी नारायणी भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव जेसी संगीता गिरीले गर्नुभएको थियो। उक्त कार्यक्रममा खाद्यान्न सहयोग एन. एल.मोटोक्रप घोराहीका प्रबन्धक श्री सुदर्शन गिरीले गर्नुभएको थियो भने कपडा सहयोग नागरिक समाज दाङका अध्यक्ष श्री चन्द्रराज पन्तले गर्नुभएको थियो।

JCI News Archive