नवलपुर, असोज ९ । नमूना सदरमुकाम निर्माण स्थल नजिकैको राममन्दिर र वरिपरि सरसफाई भएको छ । नवलपुर जेसीज, मन्दिर ब्यवस्थापन समिति र स्थानीयको सक्रियतामा आज मन्दिर परिसर रसफाई भएको हो ।
भोलिदेखि सुरु हुने वडादशैको पूर्वाद्र्धमा मन्दिर सरसरफाई गरी घटस्थापना सहित, नवदुर्गा पूजा, भजन–किर्तनको तयारी रहेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कमल अर्यालले जानकारी दिनुभयो ।
उहाँले भोलि घटस्थापनासँगै मन्दिरमा दैनिक नवदुर्गाको पूजा अर्चना हुने र साँझ भजन किर्तन समेत हुने भएकाले भक्तालुलाई उपस्थितिका लागि हाग्रह पनि गर्नुभयो । नवलपुर जेसिजले समेत सरसफाईदेखि समन्वय गरेकोमा बडादशैसम्म मन्दिरमा आयोजना हुने धार्मिक गतिविधिमा जेसिजमा आवद्ध तथा आस्था राख्ने युवाहरुको सक्रिय सहभागिता रहने जनाईएको छ ।
पछिल्लो समय युवाहरुमा धर्मप्रतिको आस्था र बिश्वास घटेको आभाष भएकाले युवाहरुलाई पनि मौलिक संस्कृति, परम्परा र साँस्कृतिक गतिविधिमा सहभागी गराउने उदेश्यले धार्मिक क्रियाकलापमा नवलपुर जेसीजले ऐक्यवद्धता जनाएको नवलपुर जेसीज बर्ष २०२२ का अध्यक्ष राधिका भुसालले बताउनुभयो ।