JCI BIRATA LADY 'S HELPING POOR PATIENT PROGRAM

2022-03-31

वीरता लेडी जेसीजद्वारा मगरलाई आर्थिक सहयोग


वीरता लेडी जेसीजले बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर (अष्टाङ्ग आयुर्वेद फार्मेसी)मा उपचाररत् धिरज मगरलाई आर्थिक सहयोग गरेको छ ।


प्यारालाइसिस भएर बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर (अष्टाङ्ग आयुर्वेद फार्मेसी)मा उपचाररत् इलाम पशुपतिनगर निवासी मगरलाई उपचारका लागि २२ हजार रुपैयाँ प्रदान गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् ।


मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीज आस्थालाई आत्मसात गर्दै विपन्न अवस्थाका मगरलाई आर्थिक सहयोग गरिएको उनले बताइन् ।


वीरता लेडी जेसीज सन् २०२२ का पदाधिकारी, पूर्व अध्यक्ष तथा सदस्यहरुबाट संकलन गरी उक्त रकम प्रदान गरिएको वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले बनाइन् ।


वीरता लेडी जेसीजले बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर (अष्टाङ्ग आयुर्वेद फार्मेसी)मा उपचाररत् धिरज मगरलाई आर्थिक सहयोग गरेकोमा बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर (अष्टाङ्ग आयुर्वेद फार्मेसी)की सञ्चालक नर्वदा भट्टराईले धन्यवाद दिइन् । आफूहरुले पनि मगरको उपचारमा सहयोग गर्दै आएको उनले बताइन् ।

JCI News Archive