धुलाबारी जेसीजको जेसीज सप्ताह समापन कार्यक्रममा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान

2023-04-20

धुलाबारी जेसीजको ४४औं जन्मोत्सव, सम्मान तथा पुरस्कार वितरण समारोह कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। शाखाको जेसीज सप्ताहको समापन समारोहको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
धुलाबारी जेसीजका पूर्व अध्यक्षहरुले आफ्नो कार्यकालको विभिन्न समयमा स्थापना गर्नुभएको अवार्डहरु वितरण गरिएको हो ।
वर्ष २०१६ का अध्यक्ष सिनेटर लीलाप्रसाद भण्डारीले आफ्ना स्वर्गीय पिताको नाममा स्थापना गर्नुभएको “स्व. लोकनाथ भण्डारी स्मृति अक्षय कोष” बाट उत्कृष्ट युवाू को रुपमा सचिन निरौला क्षेत्रीलाई सम्मान गरिएको छ । उनलाई नगद ११ हजारसहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
२०१९ का अध्यक्ष केशव पोखरेलले आफ्ना पिता माता मुरारीप्रसाद पोखरेल र झलकादेवी पोखरेलको नाममा स्थापना गर्नुभएको “मुरारी झलका अक्षय कोष”बाट उत्कृष्ट शिक्षा सेवीका रुपम लेखनाथ भट्टराईलाई नगद १५ हजार र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

वर्ष २०१७ का अध्यक्ष सुभाष रिजालले आफ्ना स्वर्गीय बडिबुवा, धुलाबारी मा.वि.का पूर्व विज्ञान शिक्षक, शिक्षासेवी स्वः दाताराम शर्मा रिजालको नाममा स्थापना गर्नुभएको “स्व। दाताराम शर्मा रिजाल स्मृति अक्षय कोष” बाट २०७९ सालको उत्कृष्ट विज्ञान विद्यार्थीको रुपमा इच्छा धमला र उत्कृष्ट व्यवस्थापन विद्यार्थी–२०७९ बाट समिर फुयेल जनही १० हजार र ५ हजार सहित सम्मान गरिएको थियो ।

वर्ष २०१८ का अध्यक्ष नारायण खनाल र सागर खनालले आफ्ना स्वर्गीय बुवा एवम् समाजसेवी स्व पशुपति खनालको नाममा स्थापना गर्नुभएको “स्व. पशुपति खनाल स्मृति अक्षय कोष” बाट जेहेन्दार विद्यार्थीको रुपमा शितल आचार्य, महिम राजबंशी र दीक्षा पौडेललाई जनही ७ हजारका दरले सम्मान गरिएको थियो ।
२०२१ का अध्यक्ष राजिव प्रसाईले आफ्नो जिजुबुवाको नाममा स्थापना गरिएको भोटु प्रसाई अक्षय कोषू बाट यो वर्ष प्रदान गरिएको उत्कृष्ट खेलाडि सम्मानबाट यस वर्ष नेपाल फुटबलका पुर्व कप्तान मेचिनगर ९ निवासी पुजन, उपरकोटी र अर्को बिधा उत्कृष्ट कृषक सम्मानू बाट यस बर्ष रितिका दुध डेरिका संचालक लामो समय देखि कृषि छेत्रमा अवद्द रहनुहुने मेचिनगर १२ का कृषक राजन चिमरियालाई सम्मान गरिएको छ । पुजनलाई ११ हजार र राजन चिरियालाई १५ हजार तथा सम्मान पत्रद्धारा सम्मान गरिएको सहसचिव शैलेस गौतमले बताए ।

शाखाका अध्यक्ष योगेश राजवंशीको सभापतित्व तथा नेपाल जेसीजको क्षेत्र क निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रश्मि बस्नेतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथी झापा जिल्ला शिक्षा विकाश तथा समन्वय इकाईका प्रमुख राजकुमार विक हुनुहुन्थ्यो भने नेपाल जेसीजका उपाध्यक्ष जेसीजका राष्ट्रिय उपाध्यक्षहरु जेसी वीर बहादुर वेघा,जेसी स्वस्तिका आचार्य र जेसी भिम कुँवरको आतिथ्यता रहेको थियो।


JCI News Archive

Whoops, looks like something went wrong.