जेसिजद्धारा रक्तदान कार्यक्रम सम्पन्न

2020-08-30

बनेपा : विश्वभर फैलिएको कोभिड १९ र यसका कारण नेपालमा जारी सटडाउनका बीच रगतको अभाव हुन नदिन नाल्दुम नगरकोट जेसिजले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा २९ जनाले रक्तदान गरेको जेसिजले जनाएको छ।

नल्दुम नगरकोट जेसिजका अध्यक्ष सजना कर्माचार्यका अनुसार महिला, पुरुष, प्रौढ लगायतका उमेर समूहका नागरिकले रगतदान गरेका थिए। विभिन्न अस्पतालहरुमा ‘फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको कर्माचार्यले बताउनु भयो।

उक्त संस्थाले यसअधि पनि विभिन्न किसीमका समाजिक कार्य तथा नागरिकका सरोकारसंग सम्बन्धित विभिन्न किसीमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। रगत दान गर्नेहरुलाई जेसिज राष्ट्रिय उपाध्यक्ष मञ्जु शाह ठकुरीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । उहाँले एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा नाल्दुम नगरकोट जेसिजका वर्ष २०१९ का अध्यक्ष अमित कुमार कर्माचार्य, सिनेटर सोहन रंजित, प्रमिस जोसी, आशा देवान श्रेष्ठ, अर्विन माकाजु, एलिसा माकाजु, ज्ञान बहादुर तामाङ, सर्मिला श्रेष्ठ, सुजन भण्डारी, मिलन कर्माचार्य लगायतको सहभागिता रहेको थियो ।


JCI News Archive