"वालिङ जेसीजद्वारा काेभिड- १९ राेकथामकाे लागि सुरक्षा सामाग्री हस्तान्तरण"

2021-05-15

यही मिति २०७८ साल जेठ १ गते शनिबार वालिङ जेसीजले वालिङमा रहेको गर्ह्राैं प्राथमिक अस्पतालकाे लागि २००० थान मास्क, ४० प्रति स्यानिटाइजर, २० प्रति फेश शिल्ड , ५०० थान ग्लाेब्स लगायतका स्वास्थ सुरक्षा सामाग्री हस्तान्तरण गरेको हाे। वालिङ जेसीजका अध्यक्ष जेसी विश्वास लम्सालले साे सामाग्री अस्पतालका अध्यक्ष तथा वालिङ नगरपालिकाका मेयर श्री दिलिप प्रताप खाँण र कार्यालय प्रमुख श्री कमल पाण्डेलाई प्रदान गर्दै वर्तमान असहज परिस्थितिमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरूलाई थाेरै भएपनि सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । त्यस्तै स्वास्थ्य सामाग्री ग्रहण गर्दै मेयर खाँणले वालिङ जेसीज विपतकाे बेला सँधै साथी भएको र यसबाट थप हाैसला मिलेको बताउनुभयो । उक्त कार्यक्रममा वालिङ नगरपालिकाका उप-प्रमुख तथा वालिङ जेसीजका मानार्थ सदस्य जेसी कल्पना तिवारी , अस्पतालका डाक्टर देवेन्द्र भट्टराई ,जेसीजका पूर्व अध्यक्षहरू जेसी दिपक लम्साल, जेसी याम प्रसाद अधिकारी ( लक्ष्मण ), निवर्तमान अध्यक्ष जेसी हाेमकान्त गाैतम, बाेर्ड पदाधिकारी लगायतको उपस्थिति रहेको वालिङ जेसीजका महासचिव जेसी यज्ञ पुरूष रिजालले जानकारी दिनुभयो ।
https://himdut.com/2021/05/15/%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%99-%e0%a4%9c%e0%a5%87%e0%a4...https://www.facebook.com/jci.waling

JCI News Archive