टिकाैलीमा रत्ननगर महाेत्सव सुरु, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा उद्घाटन

2024-01-11

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर स्थित टिकाैलीचाैरमा रत्ननगर महाेत्सवकाे १२औं संस्करण विहीबारदेखि सुरु भएकाे छ ।

महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भब्य समाराेहका बीच उद्घाटन गरेका छन् । साे अबसरमा उनले सरकार र नीजि क्षेत्रकाे सहकार्यमा आर्थिक संकट अन्त्यकाे लागि पहल सुरु गर्नु पर्ने बताए । भूकम्प र काेराेना महामारीपछि मुलुककाे आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक संकट पैदा भएकाे भन्दै उनले यसकाे अन्त्यकाे लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताए ।

मुलुकमा आर्थिक संकटकाे असर चाैतर्फी रुपमा रहेकाे छ उनले भने संकटकाे सामधानकाे लागि राज्य चनाखाे हुनुपर्छ । अध्यक्ष तिमिल्सिनाले निकुञ्जकाे संरक्षण र जिल्लाकाे पर्यटनलाईसंगसंगै अगाडि बढाउनु पर्ने बताए । मानव र वन्यजन्तु बीचकाे द्बन्द्ब न्यूनीकरण गर्दै स्थानीय समुदायकाे जीविकाेपार्जनलाई प्राथमिकता दिनुपर्ने उनकाे भनाई छ । संरक्षणलाई पर्यटनसंग जाेडेर आर्थिक विकासका गतिविधि बढाउन उनले सुझाब दिए ।

चितवनमा रेलमार्गकाे सम्भावना रहेकाे भन्दै उनले वन र वन्यजन्तुलाई असर नपर्ने गरि रेलमार्ग निर्माणकाे कामलाई अगाडि बढाउनु पर्ने उनले बताए । आर्थिक मन्दीका बेला रत्ननगरका व्यवसायीले महाेत्सव गर्ने आट गर्नु चानचुने कुरा नभएकाे भन्दै उनले रत्ननगर महाेत्सवले चितवनकाे आर्थिक क्षेत्र चलायमान गराउने विश्वास व्यक्त गरे । निकुञ्जलाई असर गर्छ भनेर रेलमार्ग निर्माणकाे काम राेकिनु हुँदैन उनले भने याे दुरगामी प्रभाव पर्ने काम हाे अगाडि बढाउनु पर्छ ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद हरि ढकालले पूर्वी चितवन विकासकाे श्राेत वाडफाडका हिसाबले विभेदमा परेकाे बताए । भरतपुरलाई मात्र चितवन मान्ने राज्य सञ्चालकहरुकाे साेचका कारण पूर्वी चितवन पछाडि परेकाे बताए । विकासका मुद्धाहरुमा अबकाे बहस केन्द्रीत हुनुपर्ने भन्दै उनले साैराहाका पर्यटन, रत्ननगर अस्पताल तथा खेल पर्यटनकाे विकासका लागि बहस चलाउन आवश्यक रहेकाे बताए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटाले रत्ननगर महाेत्सवमा कृषि र पर्यटनलाई महत्व दिँदै उद्यमशिलता विकासलाई जाेड दिएका कारण स्थानीय सरकारले सहयाेग र साथ दिएकाे बताए ।

उद्घाटन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले जिल्लाकाे आर्थिक सम्भावनाकाे उजागर गर्ने उद्देश्यले महाेत्सव आयाेजना गरिएकाे बताए । उनले देशकाे आर्थिक प्रणालीमा आएकाे संकट सामधानकाे लागि सरकारले नीतिगत सुधार गर्नु पर्ने भन्दै उनले महाेत्सवले आर्थिक क्षेत्रलाई चलायमान गराउने बताए । उनले साैराहाकाे पर्यटनलाई उकास्न पर्यटन गुरुयाेजना, शक्तिखाेरमा उद्योगिक क्षेत्र निर्माण र रत्ननगर अस्पतालकाे सेवा सुधार र विस्तार, पूर्वी चितवनकाे राजमार्गकाे स्तर उन्नती तथा कृषि र पशुपालन मार्फत राेजगारी सृजना गर्न सरकारसंग माग गरे । कार्यक्रममा संघले प्रकाशन गरेकाे स्मारिका विमाेचन गरिएकाे प्रकाशन समितिका संयाेजक सुर्यप्रकास रेग्मीले जानकारी दिए ।

JCI News Archive