कमलनगर जेसिजद्वारा निशुल्क दन्तशिविर कार्यक्रम सफलतापुर्वक सम्पन्न ।

2023-06-14

मिति २०८० जेठ ३१ गते बुधबारका दिन कमलनगर जेसिजले निशुल्क दन्तशिविर कार्यक्रम कमल २ स्थित श्री ज्योति मावि मा सफलतापुर्वक सम्पन्न गरेको छ ।  कमलनगर जेसिजको आयोजनामा तथा आमा डेन्टल क्लिनिक प्रा ।लि दमकको  प्राविधिक सहयोगमा संचालित दन्तशिविर कार्यक्रमको, कमलनगर जेसिज वर्ष २०२३ का उपाध्यक्ष जेसि रोशन अधिकारी संयोजकत्वमा, वर्ष २०२३ का अध्यक्ष जेसि रिजु कार्की ज्युको अध्यक्षतामा तथा कमल गाउपालिका उपाध्यक्ष श्री प्रमिला नेउपाने तिवारी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको विशेष अतिथिमा ज्योती मावीका प्र।अ। श्री नगेन्द्र बस्नेत ज्यु, विशिस्ट  अतिथिमा ज्योती मावी वि।व्य।स।अ।श्री तिलक खड्का ज्यु हुनुहुन्थ्यो । अतिथिहरुमा आमा डेन्टल क्लिनिक दमकका प्रवन्धक श्री अर्जुन श्रेष्ठ, कमलनगर अस्पतालका प्रमुख श्री टीका बर्देवा, कमल २ वडा सदस्य भिम कार्की रहनुभएको  थियो । कार्यक्रममा ज्योती मावी का विद्यार्थीरशिक्षक,अभिभावक ज्युहरु, इन्द्र लोहनी मेमोरियल स्कुलका अभिभावकज्युहरु, विद्यार्थी र शिक्षकज्युहरु त्यसैगरि विद्यासदन अग्रेजी स्कुलका शिक्षकरविद्यार्थीहरु लगायत करिब ३०० जनाको उपस्थिति रहेको थियो । 

JCI News Archive