उर्लाबारी, चैत १३, २०८१ (मार्च २६, २०२५) - JCI Urlabari द्वारा आयोजना गरिएको “Innovate Elevate: JCI Urlabari CYE Selection 2025” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यस कार्यक्रममा युवा उद्यमीहरूले आफ्नो नवीन व्यावसायिक अवधारणा प्रस्तुत गर्दै राष्ट्रियस्तरमा Creative Young Entrepreneur (CYE) Competition मा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्।
कार्यक्रम JCI Urlabari का अध्यक्ष JC भाईटिका भट्टराईको अध्यक्षतामा भएको थियो। कार्यक्रमको संयोजकत्व Vice President 2025, JC पवन घिमिरे ले गर्नुभएको थियो भने EVP JC रञ्जित श्रेष्ठ ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। CYE का उद्देश्य, सम्भावना र भविष्यमा पाईने अवसरहरूको बारेमा VP JC मिलन पोख्रेलले प्रस्ट पार्नुभएको थियो।
कार्यक्रममा विभिन्न तवरले सामाजिक रूपमा प्रभाव पार्ने व्यावसायिक अवधारणाहरू प्रस्तुत गरिएको थियो। सहभागी उद्यमीहरूले १ मिनेटको छोटो पिच मार्फत आफ्नो व्यापार मोडेल, बजार सम्भावना र सामाजिक प्रभावका बारेमा जानकारी दिएका थिए। नवीन सोच र सामाजिक परिवर्तनमा योगदान गर्ने प्रतिबद्धतालाई मूल्यांकनको मुख्य आधार मानिएको थियो।
यस पटक भुसेछो रेस्टुरेन्ट ले उत्कृष्ट व्यापारिक मोडेल र सामाजिक उत्तरदायित्वका कारण JCI Urlabari बाट राष्ट्रिय प्रतिस्पर्धामा प्रतिनिधित्व गर्ने स्थान सुरक्षित गरेको छ।
स्थानीय उत्पादन, स्वस्थकर चुलो र नेपालीखानाको प्रवर्दन गर्दै भुसेछोले भविश्यमा अन्य शाखाहरु विस्तार गर्ने योजना सहित भोकाएका विपन्नहरुलाई निःशुल्क खाना खुवाउने योजना प्रस्तुत गरेको थियो, जसले निर्णायकहरूलाई विशेष रूपमा प्रभावित गर्यो।
चयन भएका सहभागीहरूले अब आफ्नो व्यावसायिक पिच नेपाल जेसिज मा पेश गर्नेछन्। नेपाल जेसीजका ४ क्षेत्रहरुमध्ये प्रत्येक क्षेत्रबाट शीर्ष ४ उद्यमीहरू ले Areawise President Meet मा आफ्नो व्यवसायको बारेमा ३ मिनेटको प्रस्तुति दिनेछन्। फाईनलमा सबै क्षेत्रका शीर्ष ४ उद्यमीहरू ले नेपाल जेसिज प्रेसिडेन्टियल मिट मा प्रतिस्पर्धा गर्नेछन्। फाईनल विजेताले उलानबटार, मङ्गोलिया मा आयोजना हुने Asia Pacific Conference मा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।
कार्यक्रम अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरू र अतिथिहरूले नेपाली उद्यमशीलताको भविष्यप्रति विश्वास व्यक्त गरेका थिए। “Innovate Elevate” कार्यक्रमको सफलताले JCI Urlabari को युवा उद्यमीहरूलाई प्रोत्साहित गर्ने लक्ष्यलाई अझ मजबुत बनाएको छ।