बाह्रदशी जेसीजको सप्ताह- मिनि म्याराथन र ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

2022-10-01

बाह्रदशी जेसीजको सप्ताह कार्यक्रम अन्तरगत हिजो शनिबार मिनि म्याराथन दौड प्रतियोगिता र ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । मिनि म्याराथन प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी गाँउपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाइ हुनुहुन्थ्यो । कार्यक्रममा ४९ जना प्रतियोगि थिए ।विभिन्न सामाजिक व्यक्तित्वहरु उपस्थिति भएको कार्यक्रमका संयोजक जेसी संजय शाहा हुनुहुन्थ्यो । मिनि म्याराथन प्रतियोगिता कार्यक्रममा सहभागी मध्ये प्रथम, दित्तिय, तृतीय तथा सानतोना पुरस्कार क्रमश दश हजार, सात हजार, तीन हजार र एक हजार रहेको थियो भने सबै प्रतियोगिहरुलाइ प्रमाणपत्रको व्यवस्था रहेको थियो । पर्यटकीय क्षेत्र भ्यू टावर देखि सुरु भएको म्याराथन राजगढ बजारमा समापन भएको थियो । समापन कार्यक्रममा बाह्रदशीका समाजसेवी व्यक्तित्वहरुको उपस्थित थियो                                                  त्यसैगरी शनिवारकै दिन ट्राफिक सचेतना कार्यक्रम पनि सम्पन्न भएको थियो । सचेतना कार्यक्रम को प्रमुख अतिथि बाह्रदशी गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष टंक प्रसाद शाह हुनुहुन्थ्यो । लक्ष्मिपुर झापाका ट्राफिक इन्चार्ज कुल बहादुर बुढाथोकीले सहजिकरण गर्नुभएको कार्यक्रममा समाजसेवि राम दुलाल, वडा नं २ का वडा अध्यक्ष भिम कुमार कार्की, खगेन्द्र ओझा,सहकारी का कर्मचारीहरु, जेसीज तथा नन जेसीज मनहरुको उपस्थिति थियो ।

JCI News Archive