देवघाट जेष्ठ २३
देवघाटधाम जेसीजले वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि देवघाटधाम जेसीजले यस कार्यक्रमलाई निरन्तरता दिदैँ देवघाट-४ स्थित खानेपानीको भवन परिसरमा वृक्षारोपण गरेको देवघाटधाम जेसीजका अध्यक्ष जेसी रघु मल्लले बताए । वृक्षारोपण गर्नु मात्रै ठुलो कुरा हैन यसलाई संरक्षण गरी हुर्काउनु ठुलो कुरा हो भन्दैँ देवघाट-४ खानेपानीको भवन परिसर वृक्षारोपण गरी संरक्षणको लागि सोही खानेपानीलाई नै जिम्मा दिइएको अध्यक्ष मल्लले जानकारी दिए ।
देवघाटधाम जेसीजका उपाध्यक्ष एवं कार्यक्रम संयोजक जेसी सन्दिप पोखरेलले विश्व वातावरण दिवसको दिन बिरूवाहरू म्याङ्गोस्टिक,असोक,जामुन,गुलाबजामुन,बेल, श्रीखण्ड,रक्तचन्दन गरि उनले जम्मा ७ प्रकारका बिरूवाहरू वृक्षारोपण गरेको जानकारी दिए ।
सो वृक्षारोपण कार्यक्रममा देवघाटधाम जेसीजका टिम, देवघाट-४ खानेपानीका अध्यक्ष बिष्णु प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।