लमजुङ जेसिजको १५ औं पदस्थापना सम्पन्न

2025-02-11

बसन्ता भट्ट बानिया, १२ माघ । 

लमजुङ जेसिजको १५ औं पदस्थापना सम्पन्न भएको छ । शुक्रवार बेसीशहरमा आयोजित पदस्थापना कार्यक्रम गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्री भेषवहादुर पौडेलको प्रमुख अतिथ्यतामा भएको हो ।  



कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पौडेलले युवा शक्ति, साँेच र उर्जालाई शसक्तिकरण गर्न सकियो भने समाजमा परिवर्तन हुने वताउनुभयो । जेसिजले युवाहरुको क्षमता विकाश र नेत्तृत्व विकासमा खेलेको भुमिका महत्वपूर्ण रहेको वताउदै उहाँले यस्ता क्लव, सस्थामा वढी भन्दा वढी युवाहरुलाई सहभागि गराउनुपर्नेमा जोड दिनुभयो । 



कार्यक्रमको पहिलो सत्र लमजुङ जेसिज २०२४ का अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफ्रनो कार्याकालमा भएका कार्यप्रगति प्रस्तुत गर्नुका साथै वर्ष २०२४ लाई सफल पार्न सहयोग गर्ने कार्यसमति पदाधिकारी तथा सहयोगी व्यक्तिहरुलाई पुरस्कृत तथा मायाको चिनो प्रदान गर्नुभएको थियो । 



अध्यक्ष श्रेष्ठले वर्ष २०२५ का नवनिर्वाचित अध्यक्ष प्रतिजंग तामाङलाई चेन हस्तान्तरण सँगै पद तथा गोपनियताको सपत खुवाउनुभएको थियो भने अध्यक्ष तामाङले कार्यसमिति पदाधिकारीलाई सपत खवाउनुभएको थियो । माघको पहिलो साता सम्पन्न लमजुङ जेसिजको अधिवेशनले वर्ष २०२५ को अध्यक्षमा तामाङलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा खुशीमाया गुरुङ र शान्ति श्रेष्ठ, चार जना उपाध्यक्षमा अभिषेक पौडेल, आयुष दिक्षित, हरि बहादुर घिमिरे र तुलबहादुर गुरुङ चयन भएका हुन् । संस्थाको महासचिवमा राजु गुरुङ, कोषाध्यक्षमा विक्रम घले, कानुनि सल्लाहकारमा प्रेम गुरुङ र सहकोषाध्यक्षमा शिला तामाङ मानोनित भएका छन् ।



वर्ष २०२५ का अध्यक्षको पदस्थापना पश्चात कार्यक्रमको अध्यक्षता गर्दै तामाङले आफ्नो कार्यकालमा गर्ने कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँले वर्ष २०२५ लाई उत्कृष्ट वर्ष बनाउने उद्घोष गर्नुभयो ।  



कार्यक्रममा बेसीशहर नगरपालिका उपप्रमुख पद्यमा गुरुङ, लमजुङ जेसिस २०१४ का अध्यक्ष सुरेश कुमार श्रेष्ठ, मातृशाखा ब्यासनगर जेसिजका अध्यक्ष नविन पुरी, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेलले सम्वोधन गर्नुभएको थियो । पदस्थापन अगाडिको कार्यक्रम बर्ष २०२४ का महासचिव रोशन खतिवडा र पदस्थापन पश्चातको कार्यक्रम बर्ष २०२५ का महासचिब राजु गुरुङले सञ्चालन गर्नुभएको थियो ।  

JCI News Archive