https://himdut.com/2021/03/21/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%9c%e0%a5%87%e0%a4%b8%e0%a5%80%e0%a4%9c-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%96-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0/?fbclid=IwAR3VBH8leoSq5vI_2Toi9N9Lh7eN_BDFcLrdlaDR8D4hy3_o0LKu8deF3Do #नेपाल जेसीज क्षेत्र "ख" निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी दिपेन्द्र निराैलाको वालिङ शाखामा भ्रमण तथा भेट्घाट कार्यक्रम सम्पन्न "
वालिङ- नेपाल जेसीज क्षेत्र ख का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी दिपेन्द्र निरौलाको वालिङ शाखामा भ्रमण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै निरौलाले वालिङ जेसीज स्थापना काल देखी नै उत्कृष्ट कार्य गरेकाले नेपाल जेसीजमा चर्चामा रहेको निरौलाको भनाइ थियो ।निरौलाले वालिङ जेसीजले जतिसुकै कठिन कार्यक्रम आयोजना गरेको खण्डमा पनि हरबखत वालिङ जेसीजलाई सहयोग गरिरहने बताउनुभयो । नेपाल जेसीजमै वालिङ जेसीज उत्कृष्ट शाखा बनोस भन्दै निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी दिपेन्द्र निरौलाले वालिङ जेसीजलाइ शुभकामना दिनुभएको थियोे ।
कार्यक्रममा गल्याङ जेसीजका अध्यक्ष जेसी गोपिकृष्ण रेग्मीले आफ्नो मातृ शाखा वालिङ जेसीजबाट नै गल्याङ जेसीजले सिकेर आगामी दिनमा सँगसँगै अगाडि बढ्ने बताउनुभयो । वालिङ जेसीजका निवर्तमान अध्यक्ष जेसी होमकान्त गौतमले वालिङ जेसीजले हालसम्म गरेका गतिविधिमा प्रकाश पार्नुभएकाे थियोे । उत्कृष्ट कामहरु गर्दै नेपाल जेसीजमै नमुना जेसिजको रुपमा चिनियोस भनेर शुभकामना दिनुभएको थियो
त्यस्तै कार्यक्रममा जेसीज आस्थापाठ काे अगुवाइ शुक्रबासरीय प्रवचनमाला संयाेजक जेसी मिना रेग्मिले गर्नुभएको थियो भने जेसिजको मिसन र भिजन वाचन वालिङ जेसीजका उपाध्यक्ष जेसी भानुभक्त आचार्यले गर्नुभएको थियो । त्यस्तै वालिङ जेसीज सामुदायिक क्षेत्र तर्फका उपाध्यक्ष जेसी निर्भिक नारायण भुर्तेलले कार्यक्रमको बारेमा प्रकाश पार्नुुुुभएको
वालिङ जेसीजका अध्यक्ष जेसी विश्वास लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वालिङ जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी मणि प्रसाद अर्यालले गर्नुभएको थियो भने अध्यक्षीय सल्लाहकार जेसी राधाकृष्ण डुम्रेले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको संचालन वालिङ जेसीजका महासचिव जेसी यज्ञपुरुष रिजालले गर्नुभएको थियाे ।http: http: