बुधबारे जेसिजद्वारा विश्व वातावरण दिवसको अवसरमा दोश्रो कार्यक्रमको रुपमा साइकल र्याली

2022-06-05

बुधबारे जेसिजले विश्व वातावरण दिवसको अवसरमा साइकल र्याली सम्पन्न गरेको छ।स्थानीय एम्बिसन एकाडेमीका ४८ जना बिद्यार्थीहरुले साइकलमा झन्डै ११ किलोमीटर यात्रा तय गर्दै बजार परिक्रमा गरेका थिए। इन्धनको बढ्दो प्रयोगले वायुमण्डल प्रदुषण भएको भन्दै  बिद्यार्थीहरु मार्फत समाज परिवर्तनको सन्देश दिन खोजिएको बुधबारे जेसिजका मानर्थ सदस्य एव बिधालयका पृन्सिपल दिपेन सिटौलाले बताए। र्यालीमा बुधबारे जेसिजका पदाधिकारी,पुर्वअध्यक्ष,सदस्य एवं स्थानीयको सहभागीता थियो। र्यालिलाई इलाका प्रहरी कार्यलय बुधबारेले सुरक्षा प्रदान गरेको थियो।

JCI News Archive