जेसीज सप्ताह : लागु औषध दुर्व्यसनी विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न

2024-07-18

साउन ३

  टीकापुरमा जारी जेसीज सप्ताह अन्तर्गत आज लागु औषध दुर्व्यसनी विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । टिकापुर जेसीजको आयोजनामा टीकापुर वार्ड नं.२ को कालिका आधारभुत बिद्यालयका बिद्यार्थीहरुमा लागु औषध दुर्व्यसनी विरुद्ध अभिमुख गराउदै कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रहरी, लागु औषध, लागु औषधका कसुर, दुर्घटना र सजाय बिषयमा बोल्दै विशीष्ट अतिथि ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक विश्वराज अधिकारीले लागु औषध गम्भीर किसिमको कसुर भएको र यसले व्यक्तिको घर, परिवार, समाज धोस्त बनाउने मात्र नभई उसको करियर समेत धोस्त हुने बताउनुभयो ।

टीकापुर जेसीजका पुर्व अध्यक्ष टेक राज रेग्मीले प्रहरी हाम्रो साथी हो र प्रहरी संग लागु औषध दुर्व्यसनीका घटना देख्ने बितिकै खबर गर्दा दुर्व्यसनीको समस्या तथा दुर्व्यसनीले निम्ताउने घटना न्युनिकरणमा सहयोग पुग्ने र असल समाजको स्थापना हुने बताए । 

कार्यक्रममा टीकापुर जेसिजका वर्तमान अध्यक्ष रुपक बहादुर बिष्टले शुभकामना मन्तव्य, इन्फा लाइसेन्स फुटबल कोच शंकर तिरुवा र कालिका आधारभुत बिद्यालयका प्रधानाध्यापक जोगी रावलले समेत मन्तव्य राखेका थिए। 

कार्यक्रममा स्वागत टीकापुर जेसीजका उपाध्यक्ष टेकेन्द्र सिंह विष्टले गरेका थिय भने सञ्चालन महासचिव भरत भण्डारीले गरेका थिए । 


JCI News Archive