कमल, जेठ ८ ÷ कमल नगर जेसीजले कोडिभ १९ को विषम परिस्थितीमा कमल गाउँपालिकाका विपन्न परिवारलाई खाध्यन्न वितरण गरेको छ । यस्तो विषम परिस्थितमा रोजगारी नपाएर घरमै बसेका कमल गाउँपालिका वडा नम्वर १ माझगाउँका ३० मुसहर घरपरिवारलाई दैनिक आवश्यक पर्ने खाध्यन्न (चामल, दाल, नुन ,तेल ) तथा स्वस्थ्य रामाग्री अन्तर्गत ( साबुन, माक्स,सेनेटाईजर) लगायत सामाग्री प्रदान गरिएको हो । हेर्दा सामान्य कार्यक्रम भएपनि मनले दिएको हुनाले यो ठुलो कार्यक्रम हो । सहयोगी दाताहरुले आफ्नो गाँस काटेर दिएको जानकारी गराउदै । यो विषम परिस्थितमिा घर वाट वाहिर ननिस्किन भिडभाड नगर्न समेत राहात दिन जम्मा भएका नागरिकलाई कमल नगर जेसिज वर्ष १८ का अध्यक्ष तथा वडा नम्वर १ का वडा अध्यक्ष जेसी केदार कुवाल अनुरोध गर्नुभएको थियो
यो विषम परिस्थितमा तपाईहरु घर मित्रै बस्नुहोला आफु सुरक्षित भएमात्र परिवार सुरक्षित राख्न सकिन्छ । यो कोभिड १९ को विषम परिस्थितीमा तयाईहरुलाई थोरैभएपनि सहयोग पुग्ने छ भनेर यो राहात वितरण गरेको कमल नगर जेसीज वर्ष २१ का अध्यक्ष जेसी गोपाल खनालने बताउनु भयो ।