कपिलवस्तु जिल्लामा रहेका ३ वटा शाखाका पदाधिकारीलाई तालिम संचालन गरिएको
हो । जिल्लामा गठन भएका कपिलवस्तु जेसीज, शिवराज जेसीज र बुद्धभुमी जेसीजका
पदाधिकारीहरुका लागि क्षमता अभिवृद्धि तालिम संचालन गरिएको हो । नेपाल
जेसिजको बहुशाखा पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम
संचालन गरिएको हो ।
नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी
उपाध्यक्ष रमेश चन्द्र भुसाल, पूर्व राष्ट्रिय उपाध्यक्ष गुणानिधि भुसाल र
राष्ट्रिय उपाध्यक्ष गुरुदेव पौडेलले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले
युवाहरुको क्षमता विकासका लागि तालिमलाई महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने
बताउनुभयो । मेयर अर्यालले जेसिजले युवाहरुको नेतृत्व विकास संगसंगै
सामाजिक क्षेत्रमा विशेष योगदान गरिरहेकाले यसलाई निरन्तरता दिन आग्रह
गर्नुभयो । पूर्व अध्यक्ष रुक बहादुर भुसालले २३औं वर्षसम्म आइपुग्दा
विगतदेखि र वर्तमान सम्मको जेसीजको गर्विलो इतिहासको बारेमा चर्चा गर्नुभयो
।
कपिलवस्तु जेसीज वर्ष २०२३ का अध्यक्ष अमृत घिमिरेले जेसिजलाई समाजमा
पृथक पहिचान बनाउने गरी युवाहरुको नेतृत्व र व्यक्तित्व विकास अपरिहार्य
भएको बताउनुभयो । अध्यक्ष घिमिरेले जिल्लामा रहेका जेसीजका शाखाहरूको
एकैपटक क्षमता अभिवृद्धि गर्ने अवसर मिलेकोले सदस्यहरु उत्साहित भएको
बताउनुभयो ।
कपिलवस्तु जेसीजका महासचिव मदन पौडेलको संचालन, उपाध्यक्ष तथा कार्यक्रम संयोजक रिता खरेलको स्वागतमा तालिम सम्पन्न भएको थियो ।
https://www.mayadevionline.com/2023/03/140045