बालकल्याण प्रा.वि.का विद्यार्थीलाई सहयोग कार्यक्रम

2021-03-19

कि मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य हो जेसीज आस्थाका यी पंक्तिहरुलाई आत्मसाथ गर्दै जेसीआई त्रिभुवननगरको आयोजनामा घोराही उ.म.न.पा.–११ मा अवस्थित श्री बालकल्याण प्रा.वि.का विद्यार्थीहरुलाई शैक्षिक सामग्री, ड्रेस, झोला लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययनरत गन्धर्व विद्यार्थीहरुलाई शैक्षिक लगायत अन्य सामग्रीको अभावले पठन पाठनमा समस्या आइपरेको बताउँदै विद्यालय परिवारबाट माग भए बमोजिम जेसीआई त्रिभुवननगरले ती सामग्रीहरु विद्यालय परिसरमै गई २०७७ चैत्र ६ गते शुक्रबार वितरण गरेको हो । जेसीआई त्रिभुवननगर बर्ष २०२१ का अध्यक्ष जेसी मुकेश्वर शर्माको अध्यक्षता तथा घोराही उप–महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कुल बहादुर लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमला गन्धर्व, विद्यालयका प्रधानाध्यापक टेक बहादुर डाँगी, जेसीआई नेपालका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी लालमणि भण्डारी, जेसीआई दाङ लेडीकी अध्यक्ष जेसी ममता विष्ट, युगबोधकर्मी गिरिराज नेपाली, गोरक्षकर्मी लिलाधरवली लगायतका उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कुलबहादुर लामिछानेले जेसीजले विगत कोरोना भाइरसका समयमा पनि गरेको सहयोको स्मरण गर्दै हाल विद्यार्थीलाई गरेको सहयोगको समेत मुक्तकण्ठले प्रशंसा गर्दै विद्यार्थीको भविष्य निर्माणमा यस प्रकारका कार्यक्रमले जेसीजको छवि समाजमा उचो भएको बिताउनु भयो । कार्यक्रम संयोजक जेसी महेश गुप्ताको स्वागत मन्तव्य, जेसी किरण न्यौपानेको आस्थापाठमा शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव जेसी टंक रावत (अनन्त)ले गर्नुभएको थियो ।

JCI News Archive