दाङ महिला जेसीज को पद हस्तान्तरण कार्यक्रम

2025-01-11

२०८१ साल पुष २० गते दाङ महिला जेसीज का २०२४ का अध्यक्ष जेसी जुन कुमारी वुढा को अध्यक्षतामा लुम्बीनी प्रदेश का उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने ज्यू को प्रमुख आतिथ्यता एवम् प्रदेश सभा सदस्य माननीय लोका वि क ज्यू , नेपाल जेसीज का पुर्व अध्यक्ष जेसी लालमनी भण्डारी ज्यू ,नेपाल जेसीजका उपाध्यक्ष एवम दाङ महिला जेसीजका निरुपित उपाध्यक्ष जेसी मणी प्रसाद अर्याल ज्यू को विशिष्ट आतिथ्यता मा १६ औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न भयो आस्थापाठ को अगुवाइ सदस्य जेसी माया चौधरी , मिसन भिजन जेसी आरधाना सिं ठकुरी ले वाचन गर्नु भएको थियो । प्रमुख अतिथि ज्यू ले पानसमा वत्ती वालेर कार्यक्रम उद्‌घाटन गर्नु भएको थियो । उक्त कार्यक्रम मा निर्वाचन अधिकृत ले निर्वाचित पदाधिकारी हरु जेसी अनिता ढकाल , का उपाध्यक्षमा जेसी सुनिता अधिकारी र जेसी  लक्ष्मी चौधरी , उपाध्यक्ष मा  गीता डाँगी , माया चौधरी , दिपा पुन , प्रज्ञा स्वर्णकार र सहसचिव मा तुलसी चपाई लाइ प्रमाण पत्र वितरण गर्नु भएको थियो । त्यसैगरी २०२४ की अध्यक्ष जेसी जुनकुमारी बुढा ज्यु ले २०२५ की अध्यक्ष जेसी अनिता ढकाल ज्यूलाई घाटीको चेन हस्तान्तरण गर्नुभएको थियो । २०२५ की अध्यक्ष जेसी अनिता ढकाल ज्यू ले कानुनी सल्लाहकार मा संगिता गिरी , कोषाध्यक्ष मा जेसी अर्चना शर्मा , जनसम्पर्क अधिकारी मा बसन्ती सुवेदी , महासचिव मा जेसी भिमा डिसी , तालिम निर्देशक मा जेसी आरधना सिं ठकुरी , शाखा सम्पादक मा जेसी बसन्ता भण्डारी , प्रकरण निर्देशक मा जेसी रेमन्ता पुन , कोषवृत्ती सभापती मा जेसी विन्दु डाँगी , स्वास्थ्य संयोजक मा जेसी आकृति शर्मा , अध्यक्ष सल्लाहकार मा जेसी सुनिता थापा लाई मनोनीत गर्नु भएको छ । उक्त कार्यक्रम मा उत्कृष्ट जेसीज पुरस्कार जेसी आरधना सिं ठकुरी ले , उत्कृष्ट संयोजक पुरस्कार जेसी भिमा डिसी ले , उत्कृष्ट सर्वाधिक संलग्नता पुरस्कार जेसी लक्ष्मी चौधरी ले पाउनु भएको थियो । कार्यक्रम मा दाङ महिला जेसीजका पूर्व अध्यक्ष सुसीला पौडेल संस्थापक अध्यक्ष निर्मला गौतम ले मन्तव्य दिनु भएको थियो र माननिय लोका बिक ,नेपाल जेसीजका पूर्व अध्यक्ष  सिनेटर लालमनी भण्डारी ज्यु र निरूपित उपाध्यक्ष जेसी मणी प्रसाद अर्याल ज्यू ले विशिष्ट अतिथिको मन्तव्य र प्रमूख अतिथी ज्यू ले आफ्नो प्रमुख अतिथिको मन्तव्य दिनु भएको थियो । कार्यक्रम को सञ्चालन पहिलो सत्रमा २०२४ कि महासचिव जेसी सुनिता अधिकारी ले र दोस्रो सत्रमा २०२५ कि महासचिव जेसी भिमा डिसी ले गर्नु भएको थियो र अन्त्यमा २०२५ कि अध्यक्ष जेसी अनिता ढकाल ले धन्यवाद मन्तव्य सहित को कार्यक्रम समापन गर्नु भएको थियो । 

JCI News Archive