कमलनगर जेसीजकाे आयाेजनामा क्यालेन्डर विमाेचन एवम् उपहार कार्यक्रमकाे समुद्घाटन सम्पन्न---
2022-04-05
कमलनगर जेसीजकाे आयाेजनामा आज मिति २०७८ साल चैत २२ गते मङ्गलबारका दिन कमल-२ भुत्लुङ स्थित श्री ज्याेति मा. वि. काे सभाहलमा २०७९ सालकाे क्यालेन्डर विमाेचन एवम् उपहार कार्यक्रमकाे समुद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । जेसी रिजु कार्कीकाे संयाेजकत्व तथा कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री काजीमान राईकाे प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा नेपाल शिक्षक महासङ्घ कमल गाउँ समितिका अध्यक्ष श्री हिमप्रसाद दाहाल, समाजसेवी श्री राजनबहादुर ढुंगाना, कमल-१ का वडाध्यक्ष श्री केदार कट्वाल, प्याब्सन कमल गाउँ समितिका अध्यक्ष श्री बदी राई, ज्याेति मा.वि. भुत्लुङकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री तिलक खड्का तथा प्रधानाध्यापक श्री नगेन्द्र बस्नेत, कमलनगर जेसीज वर्ष २०२२ का डायनामिक अध्यक्ष श्री नारायण बस्नेत एवम् पूर्वअध्यक्षहरू तथा वर्तमान पदाधिकारीहरू, श्री सरस्वती मा.वि. कमल-७ रङपुरका पूर्वप्रधानाध्यापक श्री ऋषिराज न्याैपाने, कमल सांस्कृतिक मञ्चका अध्यक्ष श्री कैलाश थापा मगर, श्री महेन्द्र रत्न मा.वि. समयगढका शिक्षक श्री विजयकुमार अधिकारी, लखनपुर खानेपानी उपभाेक्ता समितिकी अध्यक्ष श्री उषा भण्डारी लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि श्री काजीमान राई, कमल-१ का वडा अध्यक्ष श्री केदार कट्वाल, नेपाल शिक्षक महासङ्घ कमल गाउँ समितिका अध्यक्ष श्री हिमप्रसाद दाहाल, समाजसेवी श्री राजनबहादुर ढुंगाना, कमलनगर जेसीज वर्ष २०२१ का अध्यक्ष श्री छत्रपति खनाल, कमलनगर जेसीज वर्ष २०२२ का डायनामिक अध्यक्ष श्री नारायण बस्नेत लगायतले आ-आफ्नाे मन्तव्य प्रकट गर्नुभएकाे थियाे भने कार्यक्रम संयाेजक जेसी रिजु कार्कीले मन्तव्य सहित सभा विसर्जन गर्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन कमलनगर जेसीजका महासचिव जेसी भीम अधिकारीले गर्नुभएकाे थियाे ।
उक्त कार्यक्रममा मञ्चमा आसीन प्रमुख अतिथि र अन्य अतिथिहरूलाई मायाकाे चिनाे वितरण गरिएकाे थियाे भने सम्पूर्ण सहभागीहरूलाई कमलनगर जेसीजले तयार पारेका २०७९ सालका नयाँ क्यालेन्डरहरू वितरण गरिएकाे थियाे ।
कमलनगर जेसीजले सभा-भवन निर्माणकाे लागि उपहार कार्यक्रम मार्फत अर्थ सङ्कलन गर्न रु. ५००/- दरका टिकटहरू तयार गरेकाे छ । उक्त उपहार कार्यक्रमकाे टिकट विक्री देशभरि नै गरिने र त्यसबाट सङ्कलित रकमकाे केही अंश उपहार वितरणमा खर्च गरिने र बचेकाे रकम सभा-भवन निर्माणमा लगाइने कमलनगर जेसीजका डायनामिक अध्यक्ष जेसी नारायण बस्नेतले बताउनुभयाे ।
[टिप्पणी : विजयकुमार अधिकारीबाट]