खाद्य सामाग्री वितरण कार्यक्रम । धापासी जेसीज

2024-02-14

मिति २०८० साल माघ छु गते, शनिबार तदनुसार फेब्रअरी १०, २०२४ का दिन बर्ष २०२३ का अध्यक्ष तथा बर्ष २०२४ का आईपिपी जेसी सुरज अधिकारीका आदरणीय स्वर्गिय पिता हरी अधिकारी तथा ममतामयी स्वर्गिय माता भिम कुमारी अधिकारीको स्‍मृतिमा धापासी जेसीजद्वारा 'हाम्रो बाल संरक्षण धरोहर नेपाल' लाई खाद्य सामाग्री वितरण कार्यक्रम सम्पन्न गरियो ।


कार्यक्रमका लागि आवश्यक खाद्य सामाग्री जेसी सुरज अधिकारीबाट सौजन्य भएको थियो । सो कार्यक्रममा 'हाम्रो बाल संरक्षण धरोहर नेपाल'को तर्फबाट यमुना शाहले प्रतिनिधित्व गर्दै खाद्य सामाग्री ग्रहण गर्नुभएको थियो ।

 

JCI News Archive