आज मिति २०८१/०१/१५ गते तदअनुशार २०२४ अप्रिल २७ तारीकका दिन पोखरा लेडी जेसीजको चौथो प्रवचनमाला कार्यक्रम जेसिआई पोखरालेडीको सचिवालय नालामुखस्थित वर्ष २०२४ का अध्यक्ष जेसी गायत्री फुयालको सभाअध्यक्षता एवं पोखरा लेडी जेसीज वर्ष २०१८ का अध्यक्ष श्री सन्तु पौडेलको प्रमुख आतिथ्यता सु सम्पन्न भएको छ । संस्थाका सदस्यहरुको वाककलामा निखार ल्याउन सफल उक्त कार्यक्रममा पोखरा लेडी जेसीजका नयाँ सदस्य मनीषा घिमिरे,ममता पुन, सरिता भुजेल र सन्दीपा लम्साल र बिषेश ओराटरको रूपमा जनप्रिय बहुमुखी क्याम्पसका बिध्यार्थी भाईबहीनी प्रतिभा बि.क,अमृत काफ़्ले,र राम प्रसाद भट्टराईले आ-आफ्नो बाककला प्रस्तुत गर्नुभएको थियो।जेसीज आस्था पाठ जेसी ईशा आलेले गर्नुभएको थियो।कार्यक्रम संन्चालन प्रबचनमाला संयोजक जेसि सकुन पौडेल ज्युले गर्नुभएको थियो