सहिद दिवसको सन्दर्भमा दिप प्रज्वलन तथा श्रध्दाञ्जलि अर्पण कार्यक्रम सम्पन्न

2024-12-01

यहि मिति २०८० साल माघ १६ गते सहिद दिवसको सन्दर्भमा पोखरा जेसीजको आयोजनामा सहिदचोक पोखरामा दिप प्रज्वलन तथा श्रध्दाञ्जलि अर्पण कार्यक्रम सम्पन्न भयो।

पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माज्युको अध्यक्षता मा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नम्वर १७ का वडा अध्यक्ष राधिका शाही योगि रहनु भएको थियो भने कार्यक्रम संयोजक जेसी सन्दिप श्रीस रहनु भएको थियो। प्रमुख अतिथि योगिले सहिदहरूको सपना पुरा गरे मात्र उहाँहरूको बलिदानको सहि सम्मान हुने बताउनु भयो। कार्यक्रम सञचालन पोखरा जेसीजका सचिव जेसी रविन पौडेलले गर्नुभएको थियो।   

 

JCI News Archive