काभ्रे व्यापी खुल्ला फुट्सल प्रतियोगिता

2019-08-04

कठिन सेमिफाइनल जितकासाथ फाइनल प्रवेश गरेका डाम्नास एफ सीले काभ्रे व्यापी खुल्ला फुटसल प्रतियोगिता २०७६ को उपाधी हात पारेका छन् । पनौती जेसीज, पनौती गोरखनाथ युवा क्लब र लियो क्लब अफ काठमाण्डु टेम्पल पिसको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगिताको शनिबार भएको एक तर्फी फाइनल खेलमा डाम्नासले एस ओ एस काभ्रेलाई १०–२ गोलको फराकिलो अन्तरले पराजित गरेका थिए ।

प्रतियोगिताको समापन समारोह पनौती जेसीजका अध्यक्ष अनिस ब्लोन लामा तथा पनौती गोरखनाथ युवा क्लब अध्यक्ष सुदिप न्यौपानेको सहअध्यक्षता तथा अखिल नेपाल फुट्बल संघका केन्दिय सदस्य एवं एन्फाको फुटसल कमिटिका संयोजक दावा लामाको प्रमुख आतिथ्य, पनौती नगरका उपप्रमुख गिता बन्जारा विशिष्ट आतिथ्य तथा काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष बिकास श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी तथा त्रिभुवन आर्मी क्लब U18 का कोच राजु लामाज्यु, टंक बस्नेतको आतिथ्यमा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लामाले मानव स्वास्थको अभिन्न अंग खेलकुदको पहुँच स्थानिय स्तर सम्म पुग्नु पर्ने बताउनु भएको छ । पछिल्लो समयमा खेलकुदको बिकास प्रतिको चासो र चिन्तन आम नागरिकमा बढेको भन्दै स्पष्ट खेल बिकासको अबधारणा स्थानिय तह तह सम्म लैजानु पर्ने आवश्यकता औल्याउनु भयो । पनौती जेसीजका अध्यक्ष अनिश ब्लोन लामाले खेलमा कि जितिन्छ कि सिकिन्छ तर कहिले हारिदैन र जहिले पनि अनुशासित रहे र खेल खेलेमा सफलता हासिल गर्न सकिन्छ भन्ने भनाई राख्दाइ खेलाडीहरुलाई हौसाउदै आफ्नो मन्तब्य राख्नु भएको थियो ।  

विजेता तथा उपविजेता टिमलाई अखिल नेपाल फुट्बल संघ का केन्दिय सदस्य एवं एन्फाको फुटसल कमिटिका संयोजक दावा लामा, पनौती जेसीजका अध्यक्ष अनिस ब्लोन लामा, पनौती नगर का उप प्रमुख गिता बन्जारा, पनौती गोरखनाथ युवा क्लबका अध्यक्ष सुदिप न्यौपाने, लियो क्लब अफ काठमाण्डु टेम्पल पिस  का अध्यक्ष द्रोण बन्जारा लगायतले ट्रफी, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरेका थिए । विजेता तथा उपविजेताले नगद पुरस्कार रु २०,००० तथा रु १,०००० नगद प्राप्त गरे ।

प्रतियोगिता यहि श्रावण १० र ११ सम्म धुलिखेल खड्पु स्थित फुटसल ग्राउण्डमा भएको थियो । प्रतियोगितामा ३० वटा क्लबहरूको सहभागिता रहेको थियो ।



JCI News Archive

Whoops, looks like something went wrong.