एकदिने महिला उधमीशिलता सँम्बन्धि तालिम सुनवलमा सम्पन्न ,सवै व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आग्रह।
रेडियो सुनवल, चैत ९।
उधोग वाणिज्य संघ सुनवल र सुनवल जेसिसको संयुक्त आयोजनामा संचालित एकदिने महिला उधमीशिलता सँम्बन्धि तालिम सम्पन्न भएको छ । सौन्र्दय कला व्यवसायि संघ नेपालकी बिष्णु पाण्डे पुरीको अध्यक्षता एवम सुनवल नगरपालिकाका प्रमूख भिमबहादुर थापाको प्रमूख आतिथ्यता, वडा नं ५का वडा अध्यक्ष थमन शिह नेपाली,६का रामप्रसाद लामा, १२का यमलाल पाण्डे, कार्यपालिका सदस्य दशरथ कुम्हाल,शान्ति सुनार, नेपाल उद्योग बाणिज्य महासंघकी केन्द्रिय सदस्य एवं सौन्र्दय कला व्यवसायि संघको महिला उद्यमी सभापति कमला श्रेष्ठ ,उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी,उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य,सुनवल जेसिस बर्ष २०१९का अध्यक्ष ममता पौडेल,उद्योग बाणिज्य संघ सुनवलका पदाधिकारीहरु,जेसिसका पदाधिकारीहरु, लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष यमलाल पाण्डेले सुनवल नगरपालिकाले सवै वडामा महिला उद्यमशिलता केन्द्र स्थापना गरेको जानकारि दिदै त्यसले महिलाहरुलाई उद्यमशिल बनाउन कार्य गर्ने बताउनुभएको थियो । उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले सामाजिक र आर्थिक रुपान्तरणमा यो तालिम अत्यन्त महत्वपुर्ण रहेको बताउदै तालिम ध्यान दिएर सिक्न आग्रह गर्नुभएको थियो । बिष्णु पाण्डे पुरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन उद्योग बाणिज्य संघ सुनवलका सचिव इश्वरी भण्डारीले गर्नुभएको थियो ।
यस्तै कार्यक्रमामा बोल्दै प्रमुख अतिथि एवं सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले हरेक पेशालाई अनुसासित मर्यादित र दक्षताका हिसावमा अगाडि बढाउन जरुरी रहेकोमा जोड दिनुभएको थियो । नगरप्रमुख थापाले सुनवल नगरपालिकाले पनि नगरका महिलालाई हरेक क्षेत्रमा उद्यमि बताउने उद्देश्य राखेको बताउनुभएको थियो । उहाले हामिले गर्नपर्छ भन्ने भावना नआएसम्म सफल नहुने बताउदै बिहान देखि बेलुका सम्म काममा मात्र ध्यान नदिइ समाज परिवर्तन तर्फपनि ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघकी केन्द्रिय सदस्य एवं सौन्र्दय कला व्यवसायि संघको महिला उद्यमी सभापति कमला श्रेष्ठले कुनै पनि व्यवसाय सानो र ठुलो नहुने बताउदै त्यसलाई कसरि मर्यादित र व्यवस्थित बनाउने भन्ने तर्फ लाग्न आग्रह गर्नुभएको थियो । उहाले महिलाहरु जन्मिने बितिकै लिडर भएर जन्मिने भएकाले नेतृत्व पनि जन्मै देखि हुने रहेछ भन्दै घर , समाज , राष्ट्रको नेतृत्व गर्न सकेमा सहि नेतृत्व हुने र निति र नेतृत्वमा महिलाहरुको सहभागिता राम्रो रहेकोमा खुसि व्यक्त गर्नुभयो । सो तालिममा १५०जना भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो ।