मिति २०८२ श्रावण २३ गते त्रिभुवननगर जेसीजको आयोजनामा पूर्व परिचय तालिम सम्पन्न भएको छ । त्रिभुवननगर जेसीज वर्ष २०२५का अध्यक्ष टंक बहादुर रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा तालिम प्रतिष्ठानका अध्यक्ष राजिव उल्लाह खान, प्रमुख प्रशिक्षक माधव प्रसाद पौडेल साथै प्रशिक्षकहरु टंक बहादुर रावत, रवि किरण के.सी र कृष्ण देव थापा रहनुभएको थियो । तालिममा जम्मा ४८ जना परिक्षार्थीको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक प्रेमलाल न्यौपानेको स्वागत मन्तव्य, जेसी अभिषेक बोहराको आस्थापाठ र जेसी महेश बस्नेतको मिसन भिजन वाचनबाट सुरुभएको कार्यक्रमको सहजिकरण महासचिव कृष्ण देव थापाले गर्नुभएको थियो ।