शुक्रबार भएको कार्यक्रममा नवलपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले युवाहरू देशको मार्गदर्शक भएको बताउनुभयो ।
प्रत्येक वर्ष नयाँ नेतृत्व हस्तान्तरण गर्ने जेसीजमा यो वर्षका लागि राजेश पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
गत पौष ९ गते भएको अधिवेशनबाट वर्ष २०२४ लागि पौडेल निर्वाचित हुनुभएको हो ।
पौडेलले शुक्रबार पदस्थापन गर्नुभएको छ भने जेसीज वर्ष २०२३ का अध्यक्ष रोजन घिमिरेले पद हस्तान्तरण गर्नुभएको छ ।
आफ्नो कार्यकालमा सहयोगी जेसीज पदाधिकारीहरूलाई घिमिरेले कृतज्ञता व्यक्त गर्नुभएको छ ।
वर्ष २०२४ का लागि निर्वाचित अध्यक्ष राजेश पौडेलले युवाहरूलाई समाजमा स्थापित हुनका लागि युवारूलाई अभिमुखीकरण गर्ने बताउनुभयो ।