मिति २०८१/११/२३गते तदनुसार 7March2025 का शुक्रबारको दिन शारदानगर जेसिज द्वारा आयोजित ११५औ अन्तर्राष्ट्रिय नारी दिवश (महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी )अवसर आयोजित महिनावारी सरसफाइ सम्बन्धी सचेतना तथा सेनेटरि प्याड वितरण कार्यक्रम भरतपुर १५स्थित श्री रामपुर मा.वि मा अध्यक्ष जेसि लक्ष्मी के सि ज्युको अध्यक्षतामा एवम प्रमुख अतिथी नारायणी सामुदायिक हस्पिटलको असिस्टेन्ट प्रोफेसर ,प्रमुख प्रशिक्षक श्री ज्योति सुवेदी ज्युको प्रमुख आतिथ्यता रहेको थियो विशिस्ट अतिथी ज्युहरुमा विद्यालयका प्रधानध्यापक श्री शिवहरी पण्डित ज्यु ,नारायणी सामुदायिक हस्पिटल असिस्टेन्ट प्रोफेसर सह प्रशिक्षक श्री निशा ढकाल ज्यु र शारदानगर जेसिजका धरोहर वर्ष २०२०का शाखा अध्यक्ष एवम नेपाल जेसिज वर्ष २०२१का रास्ट्रिय उपाध्यक्ष जेसि प्रमिशा काफ्ले ज्युको विशेष उपस्थिति रहेको थियो अतिथि ज्युहरुमा विद्यालयका ब्यबस्थापन समिति अध्यक्षज्यु सदस्य ज्युहरु शिक्षक शिक्षिका ज्यु हरु शारदानगर जेसिजका कार्यकारिणी उपाध्यक्ष जेसि श्रेयसी सेढाई ज्यु र बोर्डका साथीहरूको र रामपुर मा वि का विद्यार्थी बहिनीहरुको उपस्थिति रहेको थियो ।र उक्त कार्यक्रम सम्योजक जेसि देबियानी क्षेत्री ज्यु रहनु भएको थियो उपाध्यक्ष जेसि अञ्जली बरुवालले कार्यक्रम सन्चालन गर्नु भएकोथियो र कार्यक्रममा महिनावारी सरसफाइ सम्बन्धी महत्त्वपूर्ण टिप्स हरु प्रशिक्षक दोयले सरल र सहज तरिका विद्यार्थी बहिनीहरु लाई बताउनु भएको थियो कार्यक्रममा सेनिटरि प्याड विद्यालयका प्रधानध्यापक ज्युलाई हस्तान्तरण गरियो र उक्त प्याडहरु विद्यार्थी बहिनिहरु लाई आवश्यक परेको बेला सहज तरिकाले पाउने ब्यवस्था रहेको छ उक्त कार्यक्रम भब्य र सब्य रुपमा सु- सम्पन्न भएको थियो ।