२० औ पदास्थापाना

2022-01-07

शुक्लागण्डकी जेसीजका पदाधिकारीको पदस्थापना


 शुक्लागण्डकी जेसीज बर्ष २०२२ का लागि नवनिर्वाचित पदाधिकारीको पदस्थपना गरिएको छ । मंगबार राती दुलेगौँडामा एक कार्यक्रमको आयोजना गर्दैै पदाधिकारीको पदस्थापना गरिएको हो । सन् २००३ मा स्थापना भएको शुक्लागण्डकी जेसीजको नेतृत्व हाँक्नलाई बर्ष २०२२ का लागि शिवबहादुर विक सर्वसम्मत अध्यक्ष भएका छन् । विकलाई बर्ष २०२१ का अध्यक्ष कृष्णबहादुर श्रेष्ठले पदभार हस्तानतरण गरे । पदस्थापना कार्यक्रममा बोल्दै नेपाल जेसीज बर्ष २०२२ का अध्यक्ष लालमणी भण्डारीले जेसीजले अब समाजको आवश्यकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए । सामाजिक काम गर्दै गर्दा समाजमा कस्तो प्रभाव पारेको छ विश्लेषण गर्न जरुरत रहेको उनको भनाई छ । ‘हामीले गर्ने काम अन्य संघसंस्थाको भन्दा फरक हुनुपर्दछ । समाजमा प्रभाव पार्नुपर्दछ । दिगो विकासलाई सघाउने हुनुपर्दछ’, उनले भने । अब जेसीजले मानव सेवा र व्यक्तित्व विकासमा लगानी गर्नुपर्ने आवश्यकता उनले औल्याए । नेपाल जेसीजका पुर्व अध्यक्ष ईश्वरप्रसाद कर्मचार्यले सामाजिक सेवामा जेसीज अग्रणी संस्था भएको दाबी गरे । नेपाल जेसीज बर्ष २०२२ की राष्ट्रिय उपाध्यक्ष रश्मि बस्नेतले यो बर्ष देशभरका जेसीजले समाजमा छाप छाड्ने काम गर्ने बताईन् । उनले अगाडी थप्दै भनिन्, ‘हामीले सामाजिक सञ्जालमा देखाउनलाई मात्रै काम नगरौँ । सिमित क्षेत्रमा मात्रै काम गर्ने होईन् । काम गर्ने क्षेत्र फराकिलो बनाउनुपर्नेछ ।’ नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ का सभापति चुणामडी खनालले राजनीतिक दलले नेतृत्व हस्तानतरणको परिपाटी जेसीजबाट सिक्नुपर्ने बताए । ‘नेपालमा रहेका पार्टीले पनि जेसीजको सिको गरिदिए नयाँ नयाँ नेतृत्व आउने थिए । नयाँ नयाँ व्यक्ति टेस्ट हुने थिए’, उनले बताए । लायन्स क्लबका कलष्टर १४ का कलष्टर प्रमुख सन्तोष घिमिरेले गरिब र सिमान्तकृत वर्गको मानविय सेवामा जेसीजले महत्वपुर्ण भुमिका खेलेको उल्लेख गरे । शिवबहादुरको नेतृत्वको टिम शुक्लागण्डकी जेसीजको कार्यकारिणी उपाध्यक्षमा आशिष श्रेष्ठ र प्रकाश विक रहेका छन् । कानुनी सल्लाहाकारमा अनिष ढकाल, महासचिवमा ईश्वकुमार श्रेष्ठ, कोषाध्यक्षमा संजिव श्रेष्ठ रहेका छन् । अध्यक्षीय सल्लाहारमा क्षेत्रबहादुर थापा (क्षितिज), रमेश भण्डारी र सन्तोष श्रेष्ठ रहेका छन् । सहसचिवमा सुरज लम्साल, सहकोषाध्यक्षमा दिपेन्द्र रिमाल, तालिम संयोजकमा रमेश भुजेल रहेका छन् । उपाध्यक्षमा सरोज गौतम, हेमन्त पौडेल, सन्तोषकुमार श्रेष्ठ, हरीप्रसाद पौडेल, शाखा सम्पादकमा शिव रेग्मी चयन भए । बृद्धि सभापतीमा पुकार श्रेष्ठ, अर्थ संकलन सभापतिमा चित्रकान्त गौतम, प्रकरण निर्देशकमा महेन्द्र श्रेष्ठ, सञ्चार सम्पर्क अधिकारीमा मदन सिग्देल र जनसम्पर्क अधिकारीमा सागर लामिछाने चयन भएका छन् ।

JCI News Archive