जेसीआई बुटवल लेडी द्वारा आयोजित"Meet your Celebrities part -2" कार्यक्रम भव्यताका साथ सम्पन्न

2020-05-21

मिती:२०७७/०२/०७ गते बुधबारतदनुसार 20 मे 2020जेसीआई बुटवल लेडी द्वारा आयोजित"Meet your Celebrities part -2" कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
जेसी कल्पना पाण्डे ज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल जेसीज वर्ष 2019 का उर्जाशील राष्ट्रिय अध्यक्ष एवं वर्ष 2020 का निवर्तमान अध्यक्ष सिनेटर महेश पौडेल ज्यूको प्रमुख आतिथ्यता रहेको थियो ।
जेसीआई बुटवल लेडी वर्ष 2020 का अध्यक्ष सल्लाहकार जेसी शर्मिला राना ज्यू को संयोजकत्वमा भएको उक्त कार्यक्रममा बिभिन्न कला क्षेत्रका चर्चित हस्तिहरुको उपस्थिति एवं प्रस्तुती रहेको थियो।
उक्त कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष ज्यू हरु, राष्ट्रिय पदाधिकारी ज्यूहरु,जेसीआई बुटवल लेडी का पूर्व अध्यक्ष ज्यू हरु एवं सल्लाहकार ज्यू हरु, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जेसीस का शाखा अध्यक्ष ज्यूहरु, शाखाका पदाधिकारीहरु एवं थुप्रै जेसीज तथा ननजेसीज महानुभावहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जेसीआई बुटवल लेडी का Lom editor जेसी बर्षा घिमिरे ज्यू को आस्था पाठ ,कार्यक्रम संयोजक जेसी शर्मिला राना ज्यू को स्वागत मन्तव्य, नेपाल जेसीज वर्ष 2020 का व्यक्तिगत क्षेत्रका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी लालमणि भण्डारी ज्यू एवं नेपाल जेसीज वर्ष 2020का क्षेत्र घ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी शोभा खरेल ज्यू को शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा क्षेत्र क को प्रतिनिधित्व गर्दै जेसीआई धनकुटा लेडी की अध्यक्ष जेसी रविना श्रेष्ठ, क्षेत्र ख को प्रतिनिधित्व गर्दै जेसीआई पोखरा लेडी की अध्यक्ष जेसी शोभा भुजेल,क्षेत्र ग को प्रतिनिधित्व गर्दै जेसीआई भक्तपुर लेडी की अध्यक्ष जेसी सपना प्रजापति क्षेत्री र क्षेत्र घ को प्रतिनिधित्व गर्दै जेसीआई धनगढी का अध्यक्ष जेसी श्याम पाठक लगायत गुल्मी सेवा समाज युएई का अध्यक्ष श्री रुद्र थापा ज्यू ले आफ्ना महत्वपूर्ण र बधाई सहित मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष एवं जेसीआई का पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर राजेन्द्र बहादुर श्रेष्ठ ज्यू , जेसीआई बुटवल लेडी का पूर्व अध्यक्ष तथा वर्ष 2020 का प्रमुख सल्लाहकार सिनेटर राधिका पोखरेल ज्यू एवं मातृशाखा बुटवल जेसीसका अध्यक्ष जेसी राजीव गौतम ज्यू ले आफ्ना महत्वपूर्ण तथा सान्दर्भिक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय निवर्तमान अध्यक्ष सिनेटर महेश पौडेल ज्यूले कार्यक्रम उत्कृष्ट रहेको र दिनहु भइरहने बिभिन्न अनलाइन तालिम का कारण एक किसिमको आलस्यता महसुस हुन लागेको समयमा यो कार्यक्रम ले एक छुट्टै किसिमको तरङ्ग पैदा गरेको अर्थात मनोरन्जन का साथै तनाव मुक्त कार्यक्रम रहेको कुरा जानकारी गराउँदै जेसीआईबुटवल लेडी लाई शुभकामना तथा बधाई ज्ञापन गर्दै आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमका अध्यक्ष जेसी कल्पना पाण्डे ज्यूले कार्यक्रममा उपस्थित सम्पूर्ण लाइ साथ र सहयोग सहितको उपस्थितिको लागि धन्यवाद सहित कार्यक्रम बिधिवत रुपमा समापन गर्नु भएको थियो ।

JCI News Archive