देवघाटधाम जेसीजकाे गाेसाईकुण्ड यात्रा/नेपाल जेसीजकाे झण्डा गाेसाईकु्ण्ड

2024-03-12


देवघाटधाम जेसीजकाे गोसाइँकुण्ड  यात्रा
देवघाट, तनहुँ
देवघाटधाम जेसीजको आयोजनामा गोसाइँकुण्ड  यात्रा २०२४ कार्यक्रम सम्पन्न भएको छ । देवघाट गाउँपालिका, देवघाट, तनहुँ अन्तरगत रहेकाे विभिन्न पर्यटकटिय स्थलहरूकाे पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा संस्थाका कार्यकारिणी उपाध्यक्ष जेसी सुजन गुरूङ्गले बताउनुभयाे ।
देवघाटधाम जेसीजकाे अध्यक्ष जेसी रघु मल्लले प्रस्तुत गर्नु भएकाे वार्षिक कार्ययाेजना अनुसार देवघाटधाम क्षेत्रकाे पर्यटन प्रवर्धन गर्न याे कार्यक्रम याेजना गरिएकाे हाे । कार्यक्रममा देवघाटधाम जेसीजका बाेर्ड पदाधिकारी तथा सदस्यहरू गरि १९ जनाकाे समूहले देवघाट, तनहुँमा रहेकाे विभिन्न पर्यटिकय स्थलहरूकाे व्यानर, तथा हार्दिक निमन्त्रणा लेखिएकाे पाेस्टर तथा स्टिकरहरू सार्वजनिक गर्दै गोसाइँकुण्डसम्मकाे यात्रा गरिएकाे छ ।
पवित्र तिर्थस्थल देवघाटधाममा रहेको देवघाटधाम जेसीज सन २०२१ मा स्थापित भइ हाल छोटो समयमा धेरै युवाहरूको मनमा बस्न सफल भएकोछ । १८ देखि ४० वर्ष उमेर भित्रका युवाहरूसँग समर्पित यस सँस्थाको मुख्य उद्देश्य भनेको नेतृत्व र व्यक्तित्व बिकासमा सहयाेग पुराउनु हाे ।
देवघाट गाउँपालिकामा रहेको युवाहरूको व्यक्तित्व तथा नेतृत्व क्षमता अभिवृत्ति गर्ने मनासयले स्थापित यस सँस्था स्थापित भएको हाल ४ वर्ष को अन्तरालमा वर्ष- २०२४ का अध्यक्ष जेसी रघु मल्लले यस वर्षलाई स्वणिम बनाउने उद्देश्यले पर्यटन र उद्यमशिलताबाट नै समाजको आर्थिक अवस्था सुधार गर्न सकिन्छ, समाजलाई आधुनिकता तर्फ उन्मुख बनाउन सकिन्छ जसमा युवाहरूको नेतृत्व आवश्यक छ भन्ने सोचका साथ पर्यटन र उद्यमशिलतामा युवा नेतृत्व भन्ने प्रकरणमा वर्ष २०२४ लाई अगाडि बढाइरहेको छ ।
सो सँगै यस वर्षलाई स्वर्णिम बनाउने उद्देश्यले "देवघाटधाम क्षेत्रको पर्यटन प्रवर्द्धनमा हाम्रो अभियन" भन्ने नारा सहित यहीँ फाल्गुन २५ गते देखि गरिएकाे गोसाइँकुण्ड यात्रा २०२४ फाल्गुण २८ गते देवघाटधाममा अाई समापन गरिएकाे छ ।
छाेटाे समयमा नै नेपाल जेसीजमा आफ्नाे छुट्टै पहिचान बनाउन सफल देवघाटधाम जेसीजले नेपाल र नेपाल जेसीजकाे झण्डालाई सम्मान गर्दै गाेसाईकुण्ड सम्म पुराई प्रदर्शन गरेकाे थियाे ।
यात्राका क्रममा देवघाटधाम जेसीजले साेहि स्थानमा आफ्नाे एैतिहासिक तेस्राे बाेर्ड बैठक सम्पन्न गर्नका साथै विदुर नगरपालिका, नुवाकाेटमा रहेकाे एैतिहासिक नुवाकाेट दरबारकाे अवलाेकन, भैरवी मन्दिरकाे दर्शनका साथै नुवाकाेट जेसीज संग मित्रमिलन कार्यक्रम पनि सम्पन्न गरेकाे थियाे ।

JCI News Archive