बुटवल लेडी जेसीजद्वारा नेपाल जेसीजको क्षमता अभिवृद्धि समिति‌को अभियानमा साझेदारी गर्दै खानाका परिकारहरु बनाउने तालिम सम्पन्न

2020-07-22

२०७७/०४/०६ गते मंगलबार बुटवल लेडी जेसीजको आयोजनामा नेपाल जेसीजको Skill development committee को अभियान अन्तर्गत रहेर "विभिन्न खानाका परिकारहरु बनाउने तालिम " भव्य रुपमा सम्पन्न गरिएको छ 
      बुटवल लेडी जेसीजका अध्यक्ष जेसी कल्पना पाण्डेज्यूको अध्यक्षता एवम्  बुटवल उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष सामाजिक अभियन्ता जगदीश चन्द आचार्य ज्यूको प्रमुख आतिथ्यता, मगर महिला संघ रुपन्देहीकी अध्यक्ष माया  गलामीको विशिष्ट आतिथ्यतामा  कार््यक्रम सम्पन्न   भएको थियो।  

 बुटवल लेडी जेसीजका संस्थापक अध्यक्ष,प्रमुख सल्लाहकार,  पूर्व अध्यक्ष  ज्यूहरुको गरिमामय उपस्थिति रहेको थियो ।यस कार्यक्रममा इडली, योमरी, सेलरोटी, फिनीरोटी,पकौडा आदि परिकार बनाउन सिकाइएको थियो। 

    कार्यक्रममा बुटवल लेडी जेसीजका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार जेसी ओमी पुन ज्यू, बुटवल लेडी जेसीज का पूर्व अध्यक्ष जेसी उर्मिला श्रेष्ठ, आर्ट अफ लिभिङ का प्रशिक्षक एवं इनरह्विल क्लव अफ बुटवल का पूर्व अध्यक्ष भारती जोशी र शुभलगन विवाहघर का प्रोपराइटर लक्ष्मी प्रधान ज्यूहरुले प्रशिक्षण दिनुभएको थियो ।
      कार्यक्रममा जेसी उषा खत्री को आस्था पाठ एवं कार्यक्रम संयोजक एवं बुटवल लेडी जेसीज वर्ष 2020 की अध्यक्ष सल्लाहकार जेसी शर्मिला राना ज्यू को स्वागत मन्तव्य रहेको थियो भने बुटवल लेडी जेसीज का पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार जेसी कल्पना जोशी ज्यूको शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा जेसी पुनम पन्त ज्यूले आफ्ना तालिम अनुभव सहितको मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा आदरणीय प्रशिक्षक ज्यूहरु भारती जोशी र लक्ष्मी प्रधान ज्यूहरु ले आफ्ना महत्वपूर्ण भनाइ सहितका मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बुटवल लेडी जेसीजकी महासचिव जेसी अनुपमा श्रेष्ठद्वारा गरिएको थियो। 
      
धन्यवाद जय जेसीज 

JCI News Archive