भीरकोट जेसीजको पदहस्तान्तरण सम्पन्न, अबको नेतृत्व प्रशुन्न मगरलाई

2021-02-02

माघ १७ गते भीरकोट जेसीजको तेस्रो पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । २०२० की अध्यक्ष मिना खाँणले नवनिर्वाचित अध्यक्ष प्रशुन्न मगरलाई विधिवत रुपमा आफ्नो गलमा भएको जेसीज चेन हस्तान्तरण गर्दै पदहस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले स्थापनाकालदेखि नै भीरकोट जेसीजमा विषेश चासो र सहयोग रहेको बताउँदै आगामी दिनमा समेत अझ बढी सहयोग गर्न तत्पर रहेको बताउनु भयो । भीरकोट जेसीजका एक मात्र मानार्थ सदस्य रहनु भएका नगर प्रमुख अनालले जेसीजले बनाएका कार्ययोजनाहरुलाई नगरपालिकाले विषेश सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

JCI News Archive