"मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो "भन्ने आस्था लाइ आत्मा साथ गर्दै स्वास्थ्य र समुन्नत समाजको निर्माणमा अग्रिम भुमिका खेल्ने पोखरा लेडी जेसिज बर्ष 2024का अध्यक्ष जेसि गायत्री फुयाँल ज्यूको नेतृत्वमा मादी गाउँपालिका ८ , निवासी मनोज गिरि नाम गरेको व्यक्ति भिरबाट लडेर गण्डकी हस्पिटल पोखरा मा ICU मा उपचारका क्रममा रहनु भएको र उहाको आर्थिक स्थिति एकदमै नाजुक रहेको उपचारका लागि राहत स्वरुप नगद रु 30000 हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा पुर्व अध्यक्ष जेसि लक्ष्मी अधिकारी, कोषाध्यक्ष जेसि संगीता अधिकारी, कानुनी सल्लाहकार जेसी अनिता थापा लगायत उपस्थित भै विरामी को स्वस्थ अवस्था र आर्थिक अवस्था को मुल्यांकन गरि रकम हस्तान्तरण गरियो। कार्यक्रमको संयोजन जेसि सुकु अधिकारी गर्नुभएको थियो। उक्त कार्यक्रमको लागि रकम संकलनमा सहयोग गर्नुहुने सम्पुर्ण लाइ हार्दिक आभार व्यक्त गर्दछौं
।