हिन्दूहरूको महान चाड रामनवमी पर्वको अवसरमा मिति २०७९ चैत्र १६ गते तदनुसार सन् २०२३ मार्च ३० तारिकका दिन बिहान ९ बजे नरिसंह हिन्दू सेना नेपालको अगुवाई तथा राजविराज जेसीजको सहजीकरणमा बृहत् सांस्कृतिक झाँकी तथा शोभा यात्रा सम्पन्न भएको छ । राजविराज वडा नं. ७ स्थित राम मन्दिरबाट निकालिएको झाँकी नगरेको गजेन्द्र चोक, दर्शन चोक, कुनोली रोडहुँदै तेतरी गाछी, हनुमान मन्दिर, राजदेवी मन्दिरहुँदै नगरको विभिन्न ठाउँमा परिक्रममा गरेको थियो । राजविराजमा रहेको विभिन्न सङ्घ संस्थाको अगुवाइमा निकालिएको झाँकीमा स्थानीय भक्तजन, महिला, युवा, विद्यार्थीसहित स्थानीयको सहभागिता थियो ।
चैत्र शुक्ल नवमी रामनवमीका अवसरमा बिहानैदेखि राजविराजस्थित राममन्दिर बिहानैदेखि पूजाआजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको थियो । स्थानीय बासिन्दा तथा युवाको अगुवाइमा हजारौँको सङ्ख्यामा झाँकी, कलश यात्रा जिल्लाको विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।