भद्रपुर जेसीजको पाहिलो बोर्ड बैठक सम्पन्न

2021-02-13

माघ १,भद्रपुर

भद्रपुर जेसीजको पहिलो बोर्ड बैठक सम्पन्न भएको छ। भद्रपुर जेसीज २०२१ को पदाधिकारीहरु निर्वाचित भएपछि पहिलो बैठक बसेको हो। बैठकको अध्यक्षता भद्रपुर जेसीजका अध्यक्ष जेसी खिलनाथ पाण्डे(निकास)ले गर्नु भएको थियो। बैठकमा संस्थाका विभिन्न १४ औटा एजेण्डा माथि छलफल भएको थियो। बैठकमा निवर्तमान अध्यक्ष जेसी.डिल्लिराम पोखरेल,कार्यकारी उपाध्यक्ष जेसी.अरिफ अलि,कानुनी सल्लाहकार जेसी.टिकाराम पाण्डे(दिपक),महासचिव जेसी.मनोज भट्टराई,कोषाध्यक्ष जेसी.यूवराज न्यौपाने,उपाध्यक्षहरु तथा बोर्ड पदाधिकारीहरुको उपस्थिती रहेको थियो।


JCI News Archive