नेपालगन्ज जेसीजले नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा आयोजना गरेको नेतृत्व बिकास तालिमको आज समापन भएको छ । माघ १० गतेबाट ५ वटा समूहलाई ३/३ दिन गरेर दिइएको तालिममा २३ वटै वडाबाट लक्षित समूहका १५० जना युवाहरु सहभागी थिए ।
बिभिन्न तालिमहरुले जिन्दगीमा फाइदा नै पुग्ने भएको हुँदा यस्तो तालिमहरुमा सहभागिता जनाइराख्न र सिकेको कुराहरु ब्यबहारमा पनि उतार्न समापन कार्यक्रममा बोल्ने वक्ताहरुले सहभागीहरुलाई आग्रह गरेका थिए ।
नेपालगन्ज जेसीज अध्यक्ष २०२२ जेसी चिरिन्जीबी गौतमको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल समशेर राणा , बिशिष्ठ अतिथी जेसीज केन्द्रिय उपाध्यक्ष २०२२ जेसी सेनेटर राम प्रसाद पान्डे , तालिमका प्रमुख प्रशिक्षक रबिन्द्र कर्ण तथा अतिथीहरु कोहलपुर जेसीज अध्यक्ष २०२२ जेसी ईश्वर शर्मा , भेरीगङ्गा जेसीज अध्यक्ष २०२२ जेसी गोपी शर्मा , तालिम संयोजक जेसी अन्कित कुमार सिंह , नेपालगन्ज जुनियर जेसीज अध्यक्ष २०२२ जेसी शिव कुमार मौर्य रहेका थिए ।