शुद्धोधन जेसिजको जेसिज सप्ताह सुरु पहिलोदिन ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

2022-06-07



शुद्धोधन
जेठ २४
शुद्धोधन जेसिज द्वारा आयोजित साताब्यापी विविध कार्यक्रम २४ गते मंगलबार देखि सुरु भएको छ । जेसिज सप्ताहको शुभारम्भ लुम्बिनी प्रदेश साँसद पुष्पा थरुनीले गर्नुभएको थियो ।

 
शुद्धोधन जेसिजले जेठ २४ गते देखि ३१ गतेसम्म गर्न लागेको जेसिज सप्ताहको उद्घाट्नमा साँसद थरुनीले शुद्धोधनका युवाहरुको ब्यक्तित्व र नेतृत्व विकासमा शुद्धोधन जेसिजले सहयोग भन्दै प्रदेश मातहतबाट जेसिजलाई हरेक समय सकारात्मक कार्यमा साथ र सहयोग रहने बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै शुद्धोधन ४ का वार्ड अध्यक्ष एवम् गाउँपालीका प्रबक्ता केशब प्रसाद अधिकारीले गाउँपालीकाको सकारात्मक परिवर्तनका क्षेत्रमा हुने कार्यक्रममा गाउँपालीकाको साथ र सहयोग रहने र जेसिज सप्ताह कार्यक्रम सफल रुपमा सम्पन्न गर्नका लागि जेसिज आवद्ध सबै सदस्यहरु सक्रिय रहन आग्रह गर्नुभएको थियो ।
समुद्घाटनको दिन फर्साटिकर बजार क्षेत्रमा रहेको ट्राफिक व्यवस्थापन समस्या न्युनीकरण गर्ने उपाय पहिचानका सम्बन्धमा भएको अन्तरक्रियामा अधिकाँसले बजार क्षेत्रमा जेव्रा क्रसिङ, ट्राफिक चेकजाँचमा कडाई , सिसिटिभि व्यवस्थापन , पार्किङ व्यवस्थापन लगायतका बिषय उठान गरीएकोमा जेसिज र ट्राफिक प्रहरी तथा फर्साटिकर चौकिका ईन्चार्ज सहितको स्थलगत निरिक्षण गरि ६ ठाउँमा जेब्राक्रसिङ निर्माण गर्ने, १/१ हप्ता एक/एक साईड पार्किङ गर्ने र घुम्ती चेकिङ सञ्चालन गर्ने र ट्राफिक व्यवस्थापन गर्ने योजना बनेको मुल कार्यक्रम संयोजक रमेश गौतमले बताउनुभयो।
शुद्धोधन जेसिज अध्यक्ष मुकेश कुँवरको अध्यक्षतामा , कार्यकारिणी उपाध्यक्ष रुपा पराजुली डुम्रे को स्वागत तथा कार्यक्रममाथि प्रकाश पार्नुभएको कार्यक्रममा पुर्व अध्यक्ष चुडामणी डुम्रे , कृषि बिकास बैंकका शाखा प्रवन्धक यम प्रसाद आचार्य ले शुभकामना मन्तव्य ,निवर्तमान अध्यक्ष रामजी पौडेलको धन्यबाद ज्ञापन गर्नुभएको कार्यक्रम जेसिज शाखा महासचिव महेन्द्र गौतमले संचालन गर्नुभएको थियो ।

JCI News Archive