दाङ महिला जेसीजको १५ औं पद हस्तान्तरण

2024-01-08

 दाङ महिला जेसीजमा १५ औं पद हस्तान्तरण कार्यक्रम शनिवार घोराहीको  मालाइन होटलमा सम्पन्न भएको थियो । दाङ महिला जेसीजको १५ औं शाखा अधिवेशन बाट वर्ष २०२४ का लागि सर्वसम्मत निर्वाचित अध्याक्ष जेसी जुन कुमारी बुढा लगायता संञ्चालक सम्पूर्ण पद भार ग्रहण गरिएको थियो ।

दाङ महिला जेसीजमा कार्यकारिणि उपाध्यक्ष जेसी मीना भण्डारी वली र जेसी अर्चना शर्मा, कानुनी सल्लाहकार जेसी सुनिता थापा महासचिव जेसी सुनिता अधिकारी कोषाध्यक्ष जेसी दिलु मल्ल उपाध्यक्षहरु जेसी रेमन्ता पुन, जेसी पिया बुढाथोकी जेसी आराधना सिंह ठकुरी र जेसी दीपा पुन,सहसचिव मा जेसी पबित्रा चौधरी रहेकी छिन । त्यस्तै, प्रकरण निर्देशक जेसी लक्ष्मी चौधरी सदस्यता वृद्धि सभापति जेसी विन्दु डाँगी पाण्डे,, शाखा सम्पादकमा जेसी रोजिना गिरी, कोष वृद्धि संयोजक जेसी आकृति शर्मा, स्वास्थ्य संयोजक जेसी संगीता रोकाय, जनसम्पर्क अधिकृत जेसी बसन्ता भण्डारी, तालिम निर्देशक जेसी भिमा डाँगी , प्रवक्ता जेसी वसन्ता सुवेदी र अध्यक्ष सल्लाहकार जेसी अनिता ढकाल ।

महिला जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी नारायणी भण्डारीको अध्यक्षता सुरू भएको २०२४का अध्यक्ष जेसी जुन कुमारी बुढा अध्यक्षता मा समापन भएको थियो र कार्यक्रम लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालको प्रमुख  आतिथ्यता र लुम्बिनी प्रदेश सांसदहरु नीमा गिरी , लोका बिक र दिल कुमारी बुढा को विशिष्ट अतिथिमा सम्पन्न भएको थियो । कार्यक्रमको संयोजक जेसी रेमान्ता पुन र सहजीकरण २०२३का महासचिव जेसी अर्चना शर्मा ले गर्नु भएको थियो कार्यक्रममा जेसीआई आस्था जेसी आकृति शर्मा र जेसीआई मिशन भिजन जेसी आराधना सिह ठकुरीले बाचन गर्नु भएको थियो । 

JCI News Archive